Tuesday, June 18, 2024
घरसमाचारपर्साको विभिन्न नाकाबाट पटकाजन्य विस्फोटक सामग्रीको तस्करी

पर्साको विभिन्न नाकाबाट पटकाजन्य विस्फोटक सामग्रीको तस्करी

वीरगंज/ दिपावली आउन अझ एक महिना बाँकि छदै पर्साका विभिन्न नाका हुँदै पटाकाको तस्करी हुन थालेकाे छ ।

काराेबारीहरुले अहिले देखि नै पर्साकाे ग्रामीण भेगका नाका हुँदै भारतबाट पटाकाकाे तस्करी गर्न थालेका हुन् ।सुरक्षाकर्मीकाे कम निगरानी भएका ठाेरी , जानकीटाेला , भिस्वा , अमरपट्टी लगायतका नाका हुँदै काराेबारीहरुले पटाखा भित्र्याउन थालेका छन् ।

भारतबाट तस्करी गरेर ल्याइएका पटाका वीरगन्जबाट यात्रुवाहक बस, टाटासुमाे र ट्रान्सपाेर्टका मालवाहक ट्रकहरुमा लुकाएर हेटाैडा, नारायणगढ, पाेखरा, काठमाडौं लगायतका ठुला शहरमा काराेबारीहरुले पुर्याउने गरेका छन् ।

यसै क्रममा सशस्त्र प्रहरीले पर्साको ठोरी गाउँपालिकाबाट प्रतिबन्धित पटाका बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक दिपक नापितको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँचको क्रममा ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलमा ठोरीबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस राेकेर चेकजाँच गरेकाे थियाे । त्यस क्रममा उक्त बसबाट दुई सय प्याकेट पटाका बरामद भएकाे हाे ।

भारतबाट अबैध रुपमा नेपाल भित्र्याइ काठमाडौं लैजानका लागि बसमा लोड गरिएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले चेकजाँच गर्दा बसमा उक्त परिमाणको पटाका बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वाटर पर्साले जनाएको छ ।

बरामद गरिएको पटाका स्थानीय भद्रभलादमी र सन्चारकर्मीको रोहवरमा बोर्डर आउट पोष्टको परिसरमा खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी बल नं. १३ गण हेक्वा पर्साले जनाएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -