Tuesday, May 21, 2024
घरसमाचारवीरगंजमा दिउँसै लामखुट्टेको आतंक, डेंगी संक्रमण बढ्ने संकेत, महानगर निष्क्रिय

वीरगंजमा दिउँसै लामखुट्टेको आतंक, डेंगी संक्रमण बढ्ने संकेत, महानगर निष्क्रिय

वीरगंज/बढ्दोगर्मीसँगै वीरगंज महानगर क्षेत्रमा लामखुट्टेको आतंक पनि बढ्न थालेको छ ।

बढ्दो शहरीकरणसँगै नगरक्षेत्रमा थुप्रिएका फोहोर तथा खुल्ला नालाको उचित व्यवस्थापन हुन नसक्दा यस क्षेत्रमा लामखुट्टेको प्रकोप बढेको जनाइएको छ । केहि महिना अघिसम्म रात्रीको समयमा मात्र टोक्ने लामखुट्टे यतिबेला बिहान, दिउँसो २४सै घण्टा टोक्न थालेपछि नगरवासी अक्रान्त बनेका छन्।

यसरी बढ्दो लामखुट्टे आतंकका कारण नेपालमा फैलिएको डेंगीलगायत विभिन्न किसिमका रोगको संक्रमण बढ्ने खतरा पनि उत्तिकै बढेको छ ।

वीरगंज महानगरपालिकाले नगरका सबै वडामा सरसफाइ, तथा खुल्ला नालामा थुप्रिएको फोहोरलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न नसकेककै कारण यस क्षेत्रका लाखौं जनताहरू लामखुट्टे आक्रमणका शिकार हुन पुगेका हुन् ।

वीरगंज क्षेत्रमा महानगरपालिकाले लामखुट्टेको औषधि नछर्किंदा र नगर क्षेत्रको सरसफाईप्रति ईमानदार नभईदिंदा महानगरवासी चिन्तित बनेका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -