डेरामा बस्ने महिलामाथि बलात्कार, आरोपी पक्राउ

0
सांकेतिक तस्वीर

भक्तपुर । भक्तपुर प्रहरीले २५ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ललितले ती महिलालाई गत आइतबार उनकै डेराकोठामा गई जबरजस्ती करणी गरी फरार रहेका थिए । उनलाई प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्