महारानी एलिजावेथको निधनप्रति राजा ज्ञानेन्द्रद्वारा दुःख प्रकट

1

काठमाडाैँ / पूर्वराजा ज्ञानेन्द वीरविक्रम शाहले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन्।

शाहले महारानी एलिजाबेथकाे नेपालकाे राजकीय भ्रमण र उनीसँग जाेडिएका आफ्ना अनुभव अभिव्यक गर्दै शालिन र उच्च राजकीय भूमिका निर्वाह गर्नसक्ने रानी गुमाएकाे भन्दै दु:ख व्यक्त गरेका हुन्।

शुक्रबार निर्वालनिवासले शोक सन्देश जारी गर्दै नेपालप्रति महारानीकाे सधै अघाद आत्मिएता भएकाे उल्लेख गर्दै उनी प्रति हार्दिक श्रद्धाञ्जली र शाेक सन्तप्त परिवार,बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक समवेदन प्रकट गरेका छन्।

शाेक सन्देशमा लेखिएकाे छ,’ सयुक्त अधिराज्यकी महारानी एलिजाबेथको निधनको खबर सुनेर हामीलाई दु:ख लागेको छ। स्वर्गीय महारानी राजगददीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिवक्सेको कुरा सदा स्मरणीय छ। साथै नेपाल प्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ। नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसंगको भेट वार्तालाई गहनतम प्राथमिकता दिएका छौँ। उहाँ प्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार बेलायती सरकार एबम बेलायती जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।’

महारानी एलिजाबेथले सन् १९६१ तत्कालिन राजा महेन्द्रकाे निमन्त्रणामा र १९८६ मा वीरेन्द्रकाे पालामा नेपालको महत्वपूर्ण राजकीय भ्रमण गरेकी थिइन्।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको हो।

सन् १९५२ मा गद्दी सम्हालेकी उनी ७० वर्षसम्म गद्दीनशीन थिइन्।

1 टिप्पणी

  1. Raja bhaneka rajai hoishincha j hos aja nepal ma rajako ati awashek xa ra Raja ley pani aba parkhera bhau khojera basney hoina dalal haru ley desh sakhap pari sakey afno gadhi samalnu hos afai bujera jai nepal jai naresh.

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्