२०८२ कार्तिक २१ गते, शुक्रबार ०९:१३

करेन्ट लागेर एक बालिकाको मृत्यु

रौतहट – रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडीगुठीमा करेन्ट लागेर उनको मृत्यु भएको हो।

आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर स्थानीय दिनेश सहनीकी अन्दाजी १४ वर्षीय छोरी अम्बिका कुमारी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM