निलम्बित प्रधान न्यायाधीश बयान दिन सिंहदरबारमा पुगे

0
फाइल फोटो

काठमाडौं । संसदीय छानविन समितिले बयानका लागि बोलाएपछि सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन सिंहदरबार पुगेका छन्।

उनीविरुद्धको गत फागुन १ गते संसदका ९८ जना सांसदहरुले पदीय आचरण दुरुपयोग गरी काम गरेको लगायतका आरोप लगाउादै महाभियोग दर्ता गराएका थिए । त्यसपछि यस विषयमा छानविन गर्न संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले उनलाई बयानका लागि आज विहान ११ बजे संसदीय समितिमा बोलाएका थिए ।

उनी सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा समितिको बैठक कक्षमा पुगेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्