२४ घण्टाभित्र नक्सा पेश गर्न विशाल बजार संचालकलाई महानगरको निर्देशन

0

काठमाडौं । विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा पेश गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । सोमबार महानगरको टोलीले विशाल बजारको क्षेत्रगत अनुमगन गदैँ उक्त निर्देशन दिएकोे हो ।

महानगरको टोलीले विशाल बजार भवनको बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा उपस्थित हुन चेतवानी दिएको छ ।

विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसलहरु वैधानिक रहेको दावी गरेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्