अभिभावक संघर्ष समितिको प्रेस विज्ञप्ती

0
19

अभिभावक संघर्ष समितिको आधिकारिक वार्ता २०७२।०३।३१ गते शुक्रबारको दिन विरगंज महानगरपालिकाको पहलमा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख मेयर, उपमेयर, शिक्षा महाशाखाका प्रमुख, जनपथका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, पैबसन एन पैबसन तथा अन्य निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितीमा वीरगंज महानगरपालिकाको सभाहलमा अभिभावक संघर्ष समितिसँग सर्वपक्षीय छलफल भएको सवैमा अवगत नै छ

सर्वपक्षीय वार्तामा अभिभावक संघर्ष समितिका मागहरु जायज रहेको सो माँगहरु कार्यान्वयनको लागि एक महिनाको समयभित्र संस्थागत विद्यालयको वर्गिकरण तथा शुल्क निर्धारण सम्बन्धि ठोस निर्णय लिने निर्णय भएको थियो । सो निर्णय कार्यान्वयन नहुनजेल कुनै पनि संस्थागत विद्यालयले शुल्कको लागि अभिभावकलाई दबाब नदिने तथा विद्यार्थीलाई परीक्षाबाट बन्चित नगर्ने गराउने सर्वसहमतिबाट मौखिक निर्णय भएको थियो ।

 

हामी ध्यानाकर्षण गराउन चाहन्छौ कि निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाललाई अभिभावक संघर्ष समिति व्यक्तिगत स्वार्थ पुरा गर्ने र गरि खाने समिति होइन यो समिति अभिभावकहरुको सहयोगको लागि खोलिएको समिति हो । अभिभावकहरुको पिर मार्का र गुनासो तथा विद्यालयमा गई सहयोग गरिदिने समिति हो । हाम्रो समितिले अभिभावकहरुसँग गत शैक्षिक सत्रको बाँकी बक्यौता बुझाउन पनि अनुरोध गरिरहेका छौ अभिभावकहरु पनि गत शैक्षिक सत्रका बाँकी बक्यौता बुझाई रहेका छन् हाम्रो समितिले अभिभावक र संस्थागत विद्यालयलाई सहयोग पुयाउने कार्य गर्दछ।

तसर्थ : निजी तथा आवसिय विद्यालय आर्गनाइजेसन नेपालले अभिभावक संघर्ष समिति व्यक्तिगत र स्वार्थ पुरा गर्ने र गरिखाने भाँडो जस्तो अशब्द अभिव्यक्तिको यो समिति घोर भर्षना गर्दछ ।संदिप कुमार साहअ ध्यक्ष

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्