साढे एक केजी सुनसहित भारतीय नागरिक पक्राउ

0

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे एक केजी बढी सुनसहित एकजना पक्राउ परेका छन् ।

बुधबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक यूसुफ हारुनलाई प्रहरीले एक किलो ६१० ग्राम सुनसहित प्रक्राउ गरेको हो ।

नलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनले सुन भित्री वस्‍त्रमा सेतो रङको प्लास्टिकभित्र लुकाएर राखेका थिए ।

अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएकाले आवश्‍यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको विभानस्थल प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्