वीरगंज।
लामो समयदेखि वीरगंजमा बसोवास गरिरहेका भारतीय चर्चित व्यवसायी हनुमान अग्रवालको छोरा र बुहारी दुबै द्वैध नागरिक भएको पोल खुलेको छ।
हनुमान अग्रवालका छोरा राजेश अग्रवालले नक्कली कागजात खड़ा गरी २०६३सालमा जन्मको आधारमा नागरिकता लिन सफल भएका थिए।
राजेश्को विवाह वीरगंज बस्ने रामचन्द्र सर्राफकी छोरी बिनिता सर्राफसँग भएको थियो। उनी नेपाली नागरिक थिईन् तर हनुमान अग्रवालले आफ्नो श्रीमति र छोरा बुहारी समेतको नाउँबाट भारतीय मतदाता परिचयपत्र बनाएका छन्।
२०२२को जुलाई महिनासम्म राजेश र बिनिताको नाम भारतीय मतदाता नामावलीमा अपडेट छ। यस बारेमा हनुमान अग्रवालसँग बुझ्दा आफूहरू भारतीय नागरिक भएको स्वीकार गर्दै २०६३ सालमा छोराको नेपालमा नागरिकता बनाउंदा भारतीय नागरिकता त्यागेको बताए। उनले बुहारी नेपाली नागरिक भएकोले भारतीय बनाउने जरूरत नभएको झूठो प्रतिक्रिया दिंदै जे जे लेख्नु छ लेख्नुस्, त्यो आफुलाई सरोकार नभएको धक्कु लगाए।

















