Tuesday, November 26, 2024
घरसमाचारअर्थवाणीफेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुइ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर नौ रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ)मा प्रति लिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर १८१, डिजेल र मट्टितेल १७२ र हवाइ इन्धन १९० पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर १७९, डिजेल र मट्टितेल १६३ र हवाइ इन्धनको मूल्य १८५ थियो ।

निगमले पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद भुक्तानी गर्न नसकेकोले बक्यौता समेत बढ्दै गई आगामी असार २४ सम्म ३० अर्ब पुग्न जाने भएकाले आर्थिक संकट कम गर्न मूल्यवृद्धि गर्नुपरेको जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -