Sunday, September 8, 2024
घरविचारधर्म संस्कृतिबाँसको काठ किन जलाइँदैन ? यसको पछाडि धार्मिक कारण छ कि...

बाँसको काठ किन जलाइँदैन ? यसको पछाडि धार्मिक कारण छ कि वैज्ञानिक कारण ?

– गोपाल पालपाली आचार्य

हामीहरु प्रायः शुभकार्य (हवन अथवा पूजा-पाठ आदि) वा अशुभ कार्य (दाहसंस्कार आदि) गर्दा यस्ता कामका लागि विभिन्न प्रकारका काठहरू आगो बाल्नको लागि प्रयोग गर्ने गर्छौं । तर तपाईले कहिल्यै यस्ता कार्यमा आगो बाल्न वा जलाउनको लागि बाँसको काठ प्रयोग गरिएको देख्नुभएको छ ? छैन, हैन त ?

सनातन संस्कृति, परम्परा तथा धार्मिक महत्वका अनुसार हाम्रो शास्त्रमा बाँसको काठलाई जलाउन वर्जित गरिएको छ ।
यहाँसम्म कि हामीहरु लासलाई बोक्नको निम्ति हरियो बाँसको प्रयोग त गर्छौं, तर त्यसलाई चितामा जलाउन प्रयोग गर्दैनौं ।

हिन्दु मान्यता अनुसार बाँसलाई जलाउनाले पितृ दोष लाग्दछ । किनभने प्राचिनकालमा गाउँघरमा बच्चा जन्मदा शिशु जन्मको समयमा आमा र बच्चालाई जोडेर राख्ने नाल (placenta) लाई बाँसको रुखको फेदमा गाडिनथ्यो र वंश सदैव बढीरहोस भन्ने कामना गरिन्थ्यो । आजकल अस्पतालमा बच्चा जन्माउने चलन आएपछि यो प्रचलन हराएको हो ।

के यसको कुनै वैज्ञानिक कारण छ ?

बाँसमा सिसा तथा भारी धातु (lead and heavy metal) प्रचुर मात्रामा पाइन्छ । lead जल्ने बेलामा lead oxide बन्दछ, जुन खतरनाक neurotoxic अर्थात् स्नायुलाई विषाक्त पार्ने हुन्छ । Heavy metal पनि बल्दाखेरि oxide नै बन्दछ । तर जुन बाँसको काठलाई चितामा पनि जलाउन शास्त्रमा निषेध गरिएको छ, त्यो बाँसको काठलाई हामी दिनहुँ अगरबत्तीमा जलाउँछौं । अगरबत्ती बाल्दा उत्पन्न हुने सुगन्ध लाई फैलाउन फथालेट नामक विशेष रसायनको प्रयोग गरिन्छ । यो phthalic एसिडको एक एस्टर हो, जुन सासको माध्यमबाट शरीरमा प्रवेश गर्दछ । यसप्रकार अगरबत्ती बाट उत्पन्न हुने तथाकथित सुगन्ध पनि हामिले सास फेर्दा शरीरमा पसेर neurotoxic र hepatotoxic प्रसारित गर्दछ । जसले स्नायु तथा कलेजोलाई नकारात्मक असर पार्न सक्छ ।

हाम्रो शरीर भित्र यसको सामान्य उपस्थितिले पनि क्यान्सर वा ब्रेन स्ट्रोक निम्त्याउन सक्छ। हेप्टो-टोक्सिकको एक सानो मात्रा पनि कलेजो लाई विषाक्त पार्न पर्याप्त छ । हाम्रा
शास्त्रहरूका पूजा विधिमा कहिँ कतै अगरबत्ती उल्लेख छैन, जताततै धूप मात्र लेखिएको छ ।

हरेक स्थानमा धूप, दीप, नैवेद्य को नै वर्णन देखिन्छ ।

अगरबत्तीको प्रयोग भारतवर्षमा इस्लामको आगमन भएपश्चात नै सुरु भएको हो । मुस्लिम धर्मावलम्बीहरुले मजार (चिहान) मा अगरबत्ती जलाउने गर्छन् । हामीहरु सधै अन्धाधुन्ध अनुसरण गर्ने गर्छौं, जबकि हाम्रो धर्म शास्त्रमा लेखिएका हरेक कुराहरु वैज्ञानिक दृष्टिकोण अनुसार मानवमात्रको कल्याणको लागि लेखिएका छन्….
“जय श्री राम”

🙏🏻 अतः कृपया अगरबत्तीको प्रयोग नगरौं, त्यसको सट्टामा धूपको नै प्रयोग गरौं ।

✍️ गोपाल पाल्पाली आचार्य को फेसबुक पोस्टबाट साभार

🌺🌺 जय श्रीराम 🌺🌺

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -