Saturday, December 7, 2024
घरक्राइम चेकट्रकसहित ९० लाख मूल्य बराबरका सामान बरामद

ट्रकसहित ९० लाख मूल्य बराबरका सामान बरामद

चन्द्रसूर्य समाचारदाता।
वीरगंज, २३ फाल्गुण/
भन्सार राजस्व छलि गरि नेपाल भित्र्याइएका हार्डवेयर, लत्ताकपडा, जुत्ता तथा खुद्रा मालवस्तुहरु लोड रहेको ट्रक र कन्टेनर सहित मानिसलाई पर्सा प्रहरीले वीरगंजको छुट्टाछुट्टै
स्थानबाट नियन्त्रणमा लिएको छ ।

बिल बिजक भन्दा बढी खुद्रा मालवस्तुहरू तथा हार्डवेयर पार्टसहरू कन्टेनरमा लोड गरी काठमाण्डौ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आइतबार साँझ ५:३० बजे वीरगंज-१५ प्रतिमा चोक स्थित सड़कखण्डमा ना.६ ख. ९९९५ नम्बरको मालवाहक कन्टेनर रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा हार्डवेयर पार्टसहरू फेला परेको हुँदा उक्त कन्टेनर तथा चालकलाई नियन्त्रणमा लिई ४० लाख मूल्यांकन गरि आवश्यक कार्यवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको पर्सा प्रहरीले जनाएको छ ।

त्यसैगरी विल विजक भन्दा बढी लत्ताकपडा, जुत्ता तथा खुद्रा मालबस्तुहरू ट्रकमा लोड गरी रुपन्देही तर्फ लादै गरेको अवस्थामा जिप्रका पर्साबाट खटिएको टोलीले सोमबार माध्यान्ह १:३० बजेको समयमा घण्टाघरस्थित सडकखण्डमा ना.३ ख. ३९४४ मालवाहक ट्रक रोकी जाँच गर्ने क्रम्मा भन्सार छली गरी ल्याइएका लत्ताकपडा, जुत्ता तथा खुद्रा सामानहरू फेला परेकोपछि चालकसहित ट्रकलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

बरामद गरिएका उक्त सामान ५० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

अघिल्लो लेखमा
अर्को लेखमा
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -