२०८३ जेष्ठ १० गते, आईतवार १६:४६

हिन्दू परिषद नेपालको हेटौडा नगर समिति गठन

चन्द्रसूर्य समाचारदाता/
हेटौडा, २६ पौष/
हिन्दू परिषद नेपालले हेटौडामा नगर समिति गठन गरेको छ ।
मकवानपुर जिल्ला सचिव एनिश अधिकारीको सक्रियतामा हिन्दूवादी युवाहरुको भेलाले मिक्चल खत्रीको अध्यक्षता १७ सदस्यीय समिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष संगीत रायमझी, उपाध्यक्ष रीजन श्रेष्ठ, सचिव सूजन लामा, सह–सचिव प्रेमहल लामा, कोषाध्यक्ष श्रीजन खत्री, सह–कोषाध्यक्ष उपेन्द्र घलान, कार्य समिति सदस्यहरुमा विशान्त लिम्बु, आदित्य ठाकुरी, अभिषेक ठाकुरी, कृषक लामा, बिनित पौडेल, इशान्त शाही, शितल खडका, सुजल शाही, आर्यन लामा, अंकित पौडेल रहेका छन् ।

नवगठित समितका पदाधिकारी एवं सदस्यहरूलाई हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, केन्द्रिय सदस्यहरु सुरेश साह कानु, पिंकी महासेठ, अधिवक्ता विनोद प्रसाद कुर्मी, मकवानपुर जिल्ला अध्यक्ष राजाराम वर्माले बधाई एवं शुभकामना दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM