Tuesday, October 15, 2024
घरविचारधर्म संस्कृतिविश्व ज्योतिष महासंघका एशिया उपाध्यक्ष पण्डित दुबे सम्मानित

विश्व ज्योतिष महासंघका एशिया उपाध्यक्ष पण्डित दुबे सम्मानित

चन्द्रसूर्य समाचारदाता
वीरगंज, २४ पौष ।
विश्व ज्योतिष महासंघका एशिया उपाध्यक्ष ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेलाई वीरगंजमा एक समारोहबीच सम्मान गरिएको छ ।

नेपाल ज्योतिष परिषदको २४ औं स्थापना दिवसको अवसरमा पर्सा जिल्ला कार्य समितिद्वारा वीरगंज अलखिया मठ स्थित शनि मन्दिरमा विश्व शान्तिमा शान्तिको कामना एवं महामारीबाट मुक्तिका लागि विशेष पूजा एवं दीप प्रज्वलन पछि आयोजित एक समारोहमा जिल्ला अध्यक्ष सुरेन्द्र नाथ तिवारीले विश्व ज्योतिष महासंघ एशिया उपाध्यक्ष पण्डित दुबेलाई माला एवं खादा ओढ़ाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सो अवसरमा जिल्ला कार्यसमितिका सचिव ओम प्रकाश मिश्रलाई जिल्ला प्रवक्ताको जिम्मेवारी दिई प्रमोद पाण्डेलाई जिल्ला सचिवको जिम्मेवारी दिइएको घोषणा गरियो ।

त्यसैगरी नेपाल ज्योतिष परिषदका जिल्ला सदस्य पण्डित सचितानन्द दुबे कर्मकाण्ड विभाग पर्साको अध्यक्षमा चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै विश्व ज्योतिष महासंघ एशिया समितिका उपाध्यक्ष ज्योतिष पण्डित पुरुषोत्तम दुबेले शनि पुजनको महत्व दर्शाउनु भयो । उपाध्यक्ष पण्डित दुबेले ज्योतिष परिषदको स्थापना दिवसको अवसरमा शनिदेवलाई स्मरण गर्दै विश्वमाझ फैलिएको प्राकृतिक आपदा र महामारीबाट मुक्त गराउन शनिदेवसँग प्रार्थना गर्नु भयो । उहाँले वीरगंजवासी, ज्योतिष परिषद नेपालका अगुवा गुरु एवं सहयोगीहरूको उच्च मूल्यांकन र समाजका शुभेच्छुकहरूको स्नेहकै कारण आफू  विश्व ज्योतिष महासंघको एशिया उपाध्यक्ष जस्तो पदको जिम्मेवारी पाएको बताउनु भयो ।

त्यस्तै जिल्ला सचिवको जिम्मेवारी पाउनु भएका प्रमोद पाण्डेयले जिल्ला सचिवको आफ्नो कार्यकालमा नेपाल ज्योतिष परिषदको विधान, लक्ष्य एवं उद्देश्य अनुरूप कार्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा नेपाल ज्योतिष परिषदका प्रदेश २ का सह सचिव नारायण तिवारी, स्वामी राजीव रंजन भारद्वाज, लालबाबु पाण्डेय, सन्तोष उपाध्याय, उदयकान्त झा, निरंजन चौबे, आशीष तिवारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भ्रष्टाचार विरोधी अभियन्ता आशीष तिवारीले विश्व ज्योतिष महासंघको एशिया उपाध्यक्षको जिम्मेवारी पाएका पंडित दुबेलाई स्वर्ण रंगको मूर्ति, खादा एवं फूलमाला सहित बधाई दिंदै कार्यकालको सफ़लताको शुभकामना प्रकट गरेका थिए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -