वीरगंज ।
नव नागरिक मनोज कुमार कलवारको राष्ट्रियतामाथि प्रश्न चिन्ह उठेपछि कलवारले आफ्नो आसपासेहरूलाई “हो म भारतीय हुँ, मेरो आमा बुवा भारतीय हो, मेरो भाई मनीष पनि भारतीय हो, पैसाको बलमा मैले नागरिकता लिएँ जसलाई जे गर्न मन छ, गरोस्” भनि घुर्की लगाएका छन् ।
तत्कालीन प्रशासकीय अधिकृत दुर्गा दत्त ढकाललाई मोटो नजराना दिएर विशुद्ध भारतीय नागरिक मनोज कुमार कलवारले जिल्ला प्रशासन कार्यालय पर्साबाट ना.प्र.प. नं. ३४३०२२-१३/११८४ को नागरिकता जन्मको आधारमा मिति २०६३-१२-२९ गते हासिल गरेका थिए ।
मनोजले प्राप्त गरेको नागरिकतामा बुवाको नाम त्रिवेणी साह कलवार उल्लेख गरिएको छ । जिल्ला पूर्वी चम्पारण प्रखण्ड घोड़ासहन पञ्चायत विशुनपुर अमवा थाना झरोखर स्थायी ठेगाना भएका मनोज कुमार कलवार पुनदेव प्रसादको नाती त्रिवेणी प्रसादको छोरा हुन् । मनोजको आमाको राजा देवी उल्लेख गरिएको छ ।
मनोजले नेपाली नागरिकता हासिल गरेपछि भएभरको खानदानलाई नेपाल बोलाई रोहित केमिकल ट्रेडर्स नामक कम्पनी खड़ा गरि भारतीयहरूलाई मात्र कामदार राखेका छन् । तीन पुस्ते नेपाली नागरिकलाई ऋणको लागि नपत्याउने नेपाली बैंक २०६३ सालका नवनागरिकहरूले मागे भन्दा बढ़ी ऋण प्रवाह गरिरहेका छन् ।
मनोज कुमार कलवार उर्फ मनोज जायसवालको नागरिकताको विषयमा समाचार सार्वजनिक भए पछि जनकपुर टुडेका पत्रकार अनिल तिवारीले मनोज जायसवालसँग फोन सम्पर्क गरि प्रतिक्रिया लिन खोज्दा तपाईंलाई किन बताउने, जे छाप्नु छ छाप्नुस, म भारतीय नागरिक होइन, पाकिस्तानी नागरिक पनि हो, तपाईंलाई के मतलब भनि ग़ैरजिम्मेवारीपूर्ण जवाफ दिएका थिए ।
विभिन्न किसिमका संगठित वित्तीय अपराधमा संलग्न रहेका मनोज भारतमा अर्को नामको सरकारी पहचान पत्र समेत बनाएको शुत्रले जनाएको छ । मनोजको सन्दर्भमा हाम्रो थप अनुसन्धान जारी छ ।
मनोज जयसवालको फोटो: सामाजिक सञ्जालबाट लिइएको हो ।