Saturday, November 30, 2024
घरविचारधर्म संस्कृतिपृथ्वी रहेसम्म नेपाल हिन्दूको आस्थाको भूमि रहने छ: धर्मगुरु मधुमुनि

पृथ्वी रहेसम्म नेपाल हिन्दूको आस्थाको भूमि रहने छ: धर्मगुरु मधुमुनि

वीरगंज, १० पौष । नेपाल राष्ट्र विश्वभरिको हिन्दुहरुको आस्थाभूमि हुनु पर्नेमा भारतीय धर्मगुरु मधुमुनिले बताउनु भएको छ ।

हिन्दू परिषद नेपालले वीरगंजमा आयोजना गरेको दुई दिने राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रममा बोल्नु हुँदै भारतीय गुरु मधुमुनिले पृथ्वी रहेसम्म हिमालयको काखमा रहेको नेपाल आमालाई सदैव आस्था भूमिको रुपमा कायम राख्न सबै एकजुट हुनुपर्नेमा जोड़ दिनु भयो । उहाँले आराध्यदेव पशुपतिनाथको भूमि नेपाललाई विश्वभरिका हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा कायम राखिराख्न नेपाललाई हिन्दू राष्ट्र कायम गर्नु पर्ने कुरामा समेत जोड़ दिनु भयो ।

सो समारोहमा ग्लैमर गुरु श्री निवासनले गुरु, सन्त पुजारी कुनै निश्चित संघसंस्थाको मात्र नभएर सबैको साझा भए जस्तै एउटा पवित्र लक्ष्य सहित स्थापित विभिन्न हिन्दूवादी संघसंगठनका पदाधिकारी, सदस्य लगायत सम्पूर्ण हिन्दुहरु आफैंमा एक सैनिक भएकोले आफ्नो धर्म, संस्कृति र देशको रक्षा गर्न सदैव तयार रहनु पर्ने बताउनु भयो । ग्लैमर गुरु श्री निवासनले देश र धर्मको रक्षाको लागि गरिने संघर्षमा आफू सदैव अघिल्लो पंक्तिमा उभिएर छाती थाप्न तयार रहेको बताउनु भयो ।

प्रशिक्षण समारोहको समापनमा सो कायक्रममा सहभागी हुनेहरु, हिन्दू परिषद नेपालको स्थापना कालदेखि विभिन्न समयमा योगदान पुर्याए वापत संस्थाका पदाधिकारीहरू, विभिन्न क्षेत्रका व्यक्ति एवं प्रतिनिधिहरु लगायतलाई आयोजक हिन्दू परिषद नेपालको तर्फबाट कदर पत्र सहित दोसल्ला ओढ़ाएर सम्मान गरिएको थियो ।

सम्मान प्राप्त गर्नु हुनेमा संस्थाका कोषाध्यक्ष संजय सर्राफ, केन्द्रिय सदस्यहरू उमेश साह कानु, पण्डित सचितानन्द दुबे, रमेश रौनियार, अजिता देवी पटेल समाजसेवी प्रजय हरलालकालगायत सहभागी सबैलाई सम्मानित गरिएको थियो ।

कार्यक्रम परिषदका केन्द्रिय अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -