Sunday, December 8, 2024
घरविचारधर्म संस्कृतिनेपाल हिन्दू राष्ट्र कायम हुन्छ: वक्ताहरु

नेपाल हिन्दू राष्ट्र कायम हुन्छ: वक्ताहरु

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ९ पौष ।
नेपाल निकट भविष्यमैं हिन्दू राष्ट्र कायम हुने एक कार्यक्रमका वक्ताहरूले ठोकुवा गरेका छन् ।

वीरगंजमा जारी हिन्दू परिषद नेपालको दुई दिने राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रका वक्ताहरूले नेपाललाई विदेशीको ईशारामा षड्यन्त्रपूर्वक धर्म निरपेक्ष घोषणा गरिएपनि व्यवहारिक रुपमा अहिले पनि नेपाल हिन्दू राष्ट्र नै रहेको र निकट भविष्यमैं पुनः संवैधानिक रुपमा हिन्दू राष्ट्र कायम हुने ठोकुवा गर्नु भयो ।

 

हिन्दू राष्ट्रबाट नेपाललाई हटाईएपछि हिन्दूहरूमाथि बढ्दै गएको हस्तक्षेप, धर्मान्तरण लगायत समस्या गंभीर रुपमा देखिएको हुँदा यस्ता समस्यालाई कड़ा प्रतिकार गर्न सनातनी हिन्दूहरू एकजुट हुनुपर्ने कुरामा समेत वक्ताहरूले जोड़ दिएका थिए ।

भारतका मधुमुनि गुरु, नेपालका धर्मपाल गुरु, संयुक्त जनान्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुइंटेल, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, पूर्व प्रहरी नायब उपरीक्षक केबी बर्माचार्य, नरेन्द्र तिवारी, लगायतले संयुक्त रुपमा पानसमा बत्ती बालेर शुभारम्भ गर्नु भएको सो कार्यक्रममा पण्डित सचितानन्द दुबेले स्वस्ति वाचन गर्नु भएको थियो ।

कार्यक्रम परिषदका केन्द्रिय अध्यक्ष सन्तोष पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन कृष्णकान्त झाले गर्नु भएको थियो ।

सो समारोहमा हिन्दू परिषदसँग आवद्ध विभिन्न जिल्लाका प्रतिनिधि एवं हिन्दू प्रति आस्थावान विभिन्न ठाउँका आगन्तुकहरूको उपस्थिति रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -