Tuesday, October 15, 2024
घरविचारधर्म संस्कृतिनेपाल-भारत विश्व मैत्री संघद्वारा शुभकामना आदान प्रदान

नेपाल-भारत विश्व मैत्री संघद्वारा शुभकामना आदान प्रदान

चन्द्रसूर्य प्रतिनिधि ।
वीरगंज, १३ कात्तिक ।
प्रदेश-२ सरकारका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओम प्रकाश शर्माले देश विकासको मुख्य मेरुद्दण्ड मानिने ऊर्जा एवं खाने पानीको सहज र निर्वाध पहुँचको लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताउनु भएको छ ।

हिन्दूहरूको दोश्रो ठूलो पर्व शुभ दिपावली एवं छठ पर्वको पूर्व संध्यामा नेपाल भारत विश्व मैत्री संघले शनिवार वीरगंजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै मन्त्री शर्माले सो क़ुरा बताउनु भएको हो ।

मन्त्री शर्माले प्रदेश-२को औद्योगिक विकास एवं यहाँका जनतालाई आवश्यक विद्युत एवं खानेपानीको सहज आपूर्तिमा प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले प्रदेशलाई ऊर्जा एवं खानेपानीमा आत्म निर्भर बनाउन मित्रराष्ट्र भारतसमेतको सकारात्मक सहयोगको अपेक्षाकृत रहेको बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्नु हुँदै वीरगंजस्थित भारततीय महावाणिज्य दूतावासका काउन्सलर जनरल शैलेन्द्र कुमारले नेपाल भारतबीच शदियौंदेखि रहेको मैत्रीपूर्ण सम्बन्धलाई अझ दिगो बनाउन र हरेक सुख दुखमा साथ सहयोग र सहकार्य गर्न भारत सरकार तयार रहेको बताउनु भयो । उनले नेपाल भारत विश्व मैत्री संघको अगुवाईमा द्विदेशीय सम्बन्ध अझ उचाईमा पुग्ने कुरामा आफू विस्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, सशस्त्र प्रहरी बल नेपाल गण नं. १३ का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड़का, नेपाली काँग्रेसका नेता सहरूम राउत गद्दी, लोसपा की नेतृ रम्भा मिश्र, नेपाली काँग्रेसकी नेतृ कनिका कौशिक, जसपा की नेतृ रेखा साह लगायतले शुभ दीपावली एवं छठ पर्वको महत्व बारे प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभापतित्व ग्रहण गरेका संघका पर्सा जिल्ला संयोजक धर्मेन्द्र कुमार पटेलले नेपाल-भारत दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ़ र गहिरो बनाउन नेपाल भारत विश्व मैत्री संघले पुलको काम गर्न लागि परेको बताए । उनले कोरोना कालमा संघले यस क्षेत्रमा गरेका समाजसेवा लगायतको कार्यबारे स्मरण गराउनु हुँदै दुई देश बीचको सम्बन्ध अझ प्रगाढ़ बनाउन संघ क्रियाशील रहेको बताउनु भएको थियो ।

कार्यक्रममा शंकराचार्य पीठ परिषदका नेपाल सह प्रभारी डा. अनिल कुमार झा, नेपाली काँग्रेसका जिल्ला सदस्य प्रवेश सर्राफ, नेपाली काँग्रेस तरुण विभागका युवा उद्यमशीलता विकास तथा प्रशिक्षण समितिका केन्द्रिय सदस्य राज प्रताप सिंह कुर्मी, नेपाली काँग्रेसका पिंकी सिंह, मिंटू सिंह, जसपाकी नेतृ रेखा साह, लोसपाकी उषा श्रीवास्तव, नेविसंघका दीपक पटेल, आदित्य साह, संजय यादव, माया प्रसाद, अनिल पटेल, पिंटू पटेल, अजय केशरीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण अर्जुन साहले गरेका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -