बड़ा दशैंको नवमीमा ज्यो. सम्राट पं. दुबेद्वारा बृहत हवन गरि पूर्णाहुति सम्पन्न

0

चन्द्रसूर्य समाचारदाता।
वीरगंज, २८ असोज ।

२० औं वर्ष अघि वीरगंजमा दशैं अर्थात दुर्गापूजामा कलश यात्राको शुरुवात गर्ने पण्डित पुरुषोत्तम दुबेले आफ्ना यजमान, श्रद्धालु भक्तजन, नेपाल एवं नेपालीको सर्बोत्तम हित, सुख, शान्ति, समृद्धि, सुव्यवस्था एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै वीरगंज स्थित गहवामाई मन्दिरमा दशैं अवधिभर विशेष पूजापाठ गर्नु भएको छ ।

यस अघि वीरगंज कुम्हाल टोल स्थित बाबा त्रिपुरेश्वर नाथ मन्दिर नजिकै गरिने दशैंको दुर्गा पूजामा पण्डित दुबेले वीरगंज, देशबासी, एवं सम्पूर्ण भक्तजनहरूको लागि पूजा गर्दै आएका दुबेले यस वर्षदेखि गहवामाई मन्दिरमा नवरात्रा अवधिभर अन्न ग्रहण नगरी उपवास बसेर पूजा पाठ गरेका हुन् । ज्योतिष सम्राट पंडित दुबेले फुलपाति भित्र्याउने क्रममा समेत सक्रिय भूमिका निर्वाह गरे ।

सोही क्रममा नवरात्राको नवौँ  दिन विशेष पूजा अन्तर्गत मन्दिर परिसरमा नवरात्री पूजन हवन पूर्णाहुति गरिएको छ ।

हिन्दूवादी अगुवा समाजसेवी एवं सुहाग श्री मन्दिर गहना पसलका संचालक संजय सर्राफको विशेष सक्रियतामा साथी भाई तथा इष्टमित्रको सहयोगमा दशै अवधिमा निरन्तर प्रसाद वितरण गर्ने काम गरियो ।

सोही अन्तर्गत नवमी तिथिमा विहीबार पूर्णाहुति हवन एवं नवकन्या पूजन समेत गरिएको छ । पूजा कर्म, प्रसाद वितरण, नव कन्या पूजन, पूर्णाहुति हवनलगायतमा मुना सर्राफ, पपु गुप्ता, ओम प्रकाश गुप्ता, अंशु कुमार, अमोद कुमार, धर्मेन्द्र पटेल, मनोज सर्राफ, नेतृ रम्भा मिश्र, रेखा साह, सिमा दुबे, पंडित रजनी कान्त दुबेलगायतको सक्रिय सहयोग र सहभागिता रहेको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्