यी सुन्दर महिला, ६ पति, तीन बच्चा, आइन्स्टाइनजस्तो दिमाग

0

एजेन्सी/
काठमाडौं ।

१९ जनवरी २००० मा संसारकै सुन्दर मानिने एक महिलाको निधन भएको थियो । उनको निधन भएको २० वर्ष पूरा भइसकेको छ । तर, ती महिला संसारकै सुन्दर महिला मात्रै थिइनन्, आफ्नो समयकी सबैभन्दा सुन्दर अभिनेत्री र अहिलेसम्मकी सुन्दर आविष्कारक पनि हुन् । तर, उनका बारेमा धेरै कम मानिसलाई मात्रै जानकारी छ ।

उनको सुन्दरताका पछि आइन्स्टाइनजस्तो दिमाग थियो । जसको आविष्कारका कारण आज मानिसहरू बिनातार कुराकानी गर्छन् र गीत सुन्छन्, इन्टरनेट चलाउँछन् । यी महिलाको नाम हो, हेडविग इभा मारिया किसलर ।

उनलाई मानिसले मायाले हेडी लमार भनेर बोलाउँथे । ९ नोभेम्बर १९१४ मा अस्ट्रियाको भियनामा जन्मिएकी उनको ८५ वर्षको उमेरमा १९ नोभेम्बर २००० मा निधन भयो । उनी आफ्ना बोल्ड फिल्मका लागि पनि चर्चित छन् ।

हेडी लमार पेसाले वैज्ञानिक होइनन् । तर, उनको दिमागमा हरेक समयमा कुनै न कुनै नयाँ कुरा खोज्ने र बनाउने चाहना आउँथ्यो । उनले ट्राफिक स्टप्स लाइट्स र कार्बोनेटेड वाटरका लागि पनि केही प्रयोग गरिन् । त्यस समयमा ट्राफिक स्टप्स लाइट्समा केही सुधार ल्याइएको थियो ।

जो हेडी लमारको प्रयोगको नतिजा थियो । तर, उनको कार्बोनेटेड वाटरको प्रयोग असफल भयो । लेडी लमारले त्यस समयका उड्डयन इन्डस्ट्रीको सबैभन्दा ठूला व्यापारी होवार्ड ह्युसलाई भनेकी थिइन्, ‘आफ्ना विमानको चौकोर डिजाइनबाट गोलो बनाउनुहोस् । फाइदा हुनेछ । तब विमानका डिजाइन गोलो हुन थाल्यो, जस्तो पक्षी र माछाको शरीरको आकार हुनेगर्छ ।’

यसपछि विमानका आकारमा नै परिवर्तन ल्याउन थालियो । हेडी लमार दोस्रो विश्वयुद्धका क्रममा केही गर्न चाहन्थिन् । हेडीले एक अन्तर्वार्तामा भनेकी थिइन्, म अभिनय गरेर पैसा कमाउन मात्रै चाहन्न थिएँ, आफ्नो देशका लागि केही गर्न चाहन्थे ।

त्यसपछि उनले केही खोज गरिन् जसका कारण आज ब्लुटुथ, वाईफाईजस्ता सुविधा हामीले पाइरहेका छौं । दोस्रो विश्वयुद्धका क्रममा नौसेनाले रेडियोद्वारा नियन्त्रित टरपीडोबाट हमला गर्दथे ।

यसको सिग्नल जाम गरेर कुनै अर्को दिसामा पठाउन सकिन्थ्यो । तर, हेडी लमार र जर्ज एन्थिलले फ्रिक्वेन्सी होपिङ स्प्रेड स्पेक्ट्रम प्रविधिको खोज गरे ।

जर्ज एन्थिल म्युजिक कम्पोजर थिए । यो प्रविधिका माध्यमबाट आज पनि ब्लुटुथ, वाईफाई र वायरलेस प्रविधिमा काम भइरहेको छ । सन् १९४२ मा हेडी लमारको यो प्रविधिलाई अमेरिकी सरकारले पेटेन्ट दियो । तर अमेरिकी नौसेनाले प्रविधि अपनाउन अस्वीकार गर्‍यो ।

करिब २० वर्ष अमेरिकी सरकारले क्युबन मिसाइल क्राइसिसको समय सन् १९६२ मा हेडी लमारको प्रविधि अपनायो । विस्तारै विस्तारै उनको प्रविधिमा ब्लुटुथ र वाईफाई प्रविधि बन्न थाल्यो ।

हेडी लमारको जीवन अत्यन्तै उदारचढावपूर्ण रहन पुग्यो । युरोपेली फिल्म उद्योगमा उनले १६ वर्षको उमेरमा काम गर्न सुुरु गरिन् । सन् १९३० मा हेडीलाई मनी अन द स्ट्रिट फिल्ममा एउटा भूमिका मिल्यो ।

१९३३ मा आएको एक्सटेसी फिल्मका कारण हेडी लमारलाई संसारले चिन्यो । किनकि महिलाको यौन इच्छामा आधारित यो फिल्म त्यस समय अत्यन्तै विवादित बन्यो । सन् १९३८ मा हेडी लमार हलिउडमा आइन् ।

उनको जीवनमा केही पुरुष आए । उनले ६ वटा त विवाह गरिन् । सन् १९३३ मा पहिलो विवाह फ्रिट्ज म्यानसँग, दोस्रो १९३९ मा जीन मार्केसँग, तेस्रो १९४३ मा जोन लोडरसँग, चौथो विवाह १९५१ मा टेडी स्टाफरसँग, पाँचौं १९५३ मा डब्लु होवार्ड लीसँग र छैटौं विवाह १९६३ मा लेविस जे बोइससँग गरिन् ।

उनका जम्मा तीन जना सन्तान भए । सन् १९६० मा हेडी लमारलाई हलिउड वाक अफ फेममा सामेल गरियो । उनको खोजका लागि उनलाई सन् २०१४ मा मरणोपरान्त नेसनल इन्भेस्टर्स हल अफ फेममा सामेल गरियो ।

मृत्यु हुनुभन्दा एक दशकअघि उनी अदालती मामलामा पनि फँसिन् । केही मुद्दा उनले जितिन भने केही हारिन् । जीवनको अन्तिम समयमा उनी एक्लो थिइन् ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्