राजा महेन्द्र, आधुनिक नेपालका शिल्पी

0

-स्वयम्भुनाथ कार्की
नेपालमा बुद्धिजीवि, राजनीतिकर्मी र यस्तै नामधारण गर्नेहरु ४७सालदेखि मुखर भएका छन । लाग्छ उनीहरुको जीवनको एउटै लक्ष हो, राजा महेन्द्रलाई भयानक खलनायक सावित गर्नु । यसका निमित्त उनिहरुसंग न कुनै तथ्य छ, न कुनै घटना , केवल २०१७सालमा संसदिय व्यवस्था हटाउनु बाहेक अर्को कुनै ठोस आरोप पनि उनीहरुसंग छैन । त्यसैले राजा महेन्द्रको कार्यकाल लुकाउनु र त्यस बखत भएका कामहरुको जस उनबाट खोस्नु एकमात्र उपाय उनीहरुसंग छ । त्यही नै गर्दैछन पनि ।

अचम्म लाग्ने गरेर त्यसकालका सबै कुरा लुकाउने प्रयत्न भएको छ । उनको परिकल्पना र प्रयत्नको महेन्द्र राजमार्ग समेतको नाम बदलेर पुर्वपश्चिम लोकमार्गसम्म भन्न भ्याएका छन कसैकसैले । उनी उपरको यो अपार घृणाको कारण देखाउन सकेका छैनन । वीपी कोईराला प्रति डाह राख्थेसम्म भनिएको छ । तर यो कुरा स्वयं वीवीको आत्मवृत्तान्तमा उल्लेख गरिएका घटनाहरुले असत्य सावित गरिदिएका छन । वीपी सग सुमधुर सम्वन्ध कायम गर्न आफु राजा भएको पनि भुलेर हदभन्दा ज्यादा झुकेका अनेकौ घटना त्यस कितापमा उल्लेख गरिएका छन ।

इतिहास निर्मम हुनुपर्छ , सत्य उदघाटनमा कुनै भेदभाव हुनु हु“दैन । त्यसैले विगत पच्चीस बर्षदेखि निरन्तर प्रतिपल अधिकार खोसिने, वेवास्था गरिने र कष्ट पाउने क्रम निरन्तर बढेको जनताले अव उनीहरुको कुरामा शंका गर्न थालेको छ । ४७ पछिका दशपन्द्र बर्ष नाम लिन पनि कठिन अवस्था पारिएका इतिहासका पात्र राजा महेन्द्रको स्मरण गर्नेहरुको संख्या बढ्दो छ । जति घटना र तथ्यहरु उजागर हुदैछन ती सबैले राजा महेन्द्र सलनायक होइन रहेछन बरु आधुनिक नेपालका शिल्पी रहेछन भन्ने तथ्य खुल्दै छ । यी तथ्य र घटनाहरुले उजागर गर्दे गएको उनको आधुनिक नेपालको परिकल्पनाका केही खाका यस आलेखमा उल्लेख गर्ने प्रयत्न गरिएको छ ।

छुवाछुत मुक्त र भेदभाव विहिन समाजको निमित्त उनले ठोस कार्य थाले । परंपरागत रुढीवादी समाजमा केवल कानुनले मात्र यस्ता कुरितीहरु समाप्त गर्न संभव हु“दैन । त्यसैले यसका निमित्त चेतनामुलक अभियान चलाए । ‘अछुत’ भन्ने शव्द नै विस्थापन गरेर ‘दलित’ शव्द प्रयोग भयो । यसले अछुत भन्दा मनमा त्यसप्रति आउनसक्ने घृणाको भाव भन्दा दलितले अन्यायमा परेको व्यक्ति भन्ने भाव मनोवैज्ञानिक रुपले स्थापना हु“दै गयो । सामाजिकरुपमा छुवाछुत मान्नेहरुलाई कानुनी दायरामा ल्याईयो ।

सम्पुर्ण नेपाली जसको जे जातजाती भए पनि एकै नेपाली आमाको सन्तान हौ भन्ने चेतना पैmलाउने अधियान चल्यो । सुचना विभागले अनेकौ प्रचार सामाग्री डकुमेन्ट्री आदि तैया ग¥यो । यस्ता डकुमेन्ट्रीहरु मुलुकभर चलाईने गर्दथ्यो । सामाजिक शोषणको विरुद्ध जनचेतना भर्ने शुरुवात भयो । यो काममा शासकिय डण्डाको भन्दा समाजिक चेतनाको भूमिका धेर रहोस र समाजले यो कुरा पचाउदै लैजाओस भन्ने कार्यनीति अपनाईयो ।

परंपरागतरुपमा आदिकालदेखि नै नेपालीको मुख्य पेशा कृषि थियो । त्यसैले अन्य मुलुकहरुमा रहेको औद्योगिक मजदूरहरुको समस्या नेपालमा कृषकहरुको थियो । उद्योगमा मजदुरलाई रोजगारीबाट निकाल्ने वा अन्य शोषण नगर्न मालिकहरुलाई कानुनी दायरामा ल्याउन सकिन्थ्यो । कृषि असंगठित क्षेत्र भएकाले यसमा हुने गरेको शोषणका कारक अनेकौ हुन्छन । यसको निराकरण गर्ने पद्धति उनले पहिल्याए र समग्रमा यसलाई ‘भूमि सुधार’ नाम दिए । यो केवल जग्गाको हदवन्दी मात्र थिएन, कृषिपेशा संग जोडिएका हरेक पक्षमा भएका विसंगतिको सामना गर्ने अनेकौ कार्यनीतिहरुको संकलन थियो । वर्तमानमा यसलाई केवल जग्गाको हदवन्दी संग मात्र जोडेर थप विकृति पैदा गरिएको छ ।

कृषिले सबै जनतालाई रोजगारी र आर्थिक उपार्जन संभव थिएन । त्यसैले औधोगिक नेपालको परिकल्पना गरियो । आङ्खनो विदेश भ्रमणको वेलामा राजा महेन्द्र औद्योगिक जानकारीमा ज्यादा समय खर्च गर्दथे र त्यसलाई नेपाली समाजमा कसरी ढाल्न सकिन्छ त्यो चिन्तन गर्दथे । काठमाण्डौ उपत्यकामा औद्योगिक क्षेत्र स्थापना गरिसके पछि मुलुकका अन्य क्षेत्रमा पनि उद्योगहरु स्थापना गर्दै गए । यीनै उद्योगहरु बहुदल स्थापना पछि कार्यकर्ता भर्ति केन्द्र, आङ्खना शुभचिन्तक पु“जिपति रिझाउने साधन आदिको रुपमा प्रयोग भयो ।

समग्र कार्यको उल्लेख यो आलेखको कलेवरमा अटाउन संभव छैन । यसमा उल्लेख कुराहरु अलिकति नमुना मात्र हुन । केवल ति कार्यहरुको उल्लेख मात्र पनि एक कितावमा नअट्ने हुनसक्छ । सबैको लेखाजोखा गर्ने नै हो भने विशाल ग्रन्थहरुको ठेली हुनसक्छ । सुनिएको हल्ला विश्वास गर्ने हो भने बहुदलको आगमन पछि संदर्भ सामाग्री हुन सक्ने कयौ ट्रक वस्तुहरु रातारात नष्ट गरिए ।

यो हल्ला सा“चो वा झुटो जे भए पनि त्यस कालखण्डका स्मारक सरह भएका भौतिक संरचनाका अवशेषहरुले आङ्खनो उपीिथति जनाउनु तर हुनुपर्ने अभिलेख त्यो पनि मात्र त्यही कालखण्डको नभेटिनुले शंका पुष्टि नै गर्दछ । सरकारी तौरबाट नष्ट गरिए पनि त्यस्ता सामग्रीहरु जुन जनतामा पुगेका थिए फाट्टफुट्ट भेटिदैछन । यी एक नायकलाई जवरजस्ती खलनायक सावित गर्ने कुचेष्टाको उजागर गर्न निर्मम इतिहासलाई सन्दर्भ सामाग्री हुनेछन ।

स्वयम्भुनाथ कार्की
विराटनगर १
२०७२।९।१३

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्