Thursday, May 2, 2024
घरविचारसिआईए-रअ गिरोहले के गरिरहेको छ ?

सिआईए-रअ गिरोहले के गरिरहेको छ ?

– भरत दाहाल

चीनका सराेकारका मूख्य विषयाहरू त्यसको सुरक्षाको वातावरण, बिआरआई परियोजनाको विस्तार र लगानी हुन्। बिआरआई र द्विपक्षिय सम्बन्ध विस्तारका लागि नेपालले ठूला परियोजनाहरुको लिखित रुपमा माग गरोस् भनेर चिनियाँहरुले बारम्बार भन्दै आएका छन् तर सिआईए र रअ का एजेन्टहरुले कुनै पनि प्रस्ताव पेश गरेनन्। रसुवा र तिब्बतको सिमा नाकामा क्वारेन्टाईन, सुरक्षा पोष्ट, शिक्षा, स्वास्थ्य लगायतका सबै सुविधा भएको एकिकृत संरचना निर्माण गर्ने भनेर चीनले लिखित प्रस्ताव पठाएको धेरै भयो तर यीनीहरुले त्यसलाई स्विकार गरेका छैनन्। केरुङदेखि गल्छीसम्म बाटो बनाईदिने भनि चीनले निरन्तर रुपमा राख्दै आएको प्रस्तावलाई ईण्डो-पश्चिमा दबाबमा अस्विकार गरेर स्याप्रुवेशी सम्मको लागि मात्र एकदमैं अनिच्छापूर्वक स्विकार गरेका छन्।

केरुङ र तातोपानी सम्म चीनतर्फका पूर्वाधारहरु सबै निर्माण भैसकेका छन् तर यहाँका दलालहरुले नेपालतर्फबाट केरुङ र तातोपानी जोड्ने पूर्वाधारहरु बनाउने प्रयास पनि गरेका छैनन्। पारवाहन संझौता गरेर त्यसको उपयोग कसरी र कुन रुपमा अगाडी बढाउने भन्ने प्रस्ताव पनि लगेका छैनन्। रेल लिंकको सैद्धान्तिक सहमति गरी नेपालीहरुलाई अल्मल्याउने काम त गरे तर यसकाे उपयाेगका बारेमा चिनियाँ पक्षले बारम्बार विस्तृत प्रस्ताव माग गर्दा त्यो पनि दिएका “चाईना टाउन” बनाईदिने् भनेर ३ हजार रोपनी जमिन मागेको धेरै भयो। दलालहरुले यसका लागि मुख पनि खोलेका छैनन्। पहाडी बेल्टमा आर्थिक करीडोर निर्माण गरिदिने् त्यसको ४ बर्ष अघिको प्रस्तावबारे पनि जबाफ दिएनन्।

बरु भैरहेको के छ भने जसरी केपी ओलीको अघिल्लो कार्यकालमा पुष्पकमललाई सरकारप्रतिको समर्थन फिर्ता लिन लगाए जस्तो गरी सि जिनपीङको भ्रमण रोकेका थिए, त्यसैगरी अहिले महिला तस्करीको विरोधको आवरणमा चिनियाँ दूताबासका अगाडी पश्चिमा एनजिओ र लैनचौरका पुतलीहरु प्रयोग गरेर सुरक्षाको समस्या देखाई सिको भ्रमण बिथोल्ने चाल रचे। चिनियाँ विदेशमन्त्री वा3को भ्रमणलाई जसरी यीनीहरुले बेतुकको बनाए, यसबाट जिनपीङ को नेपाल भ्रमणको संभावना टरिसकेको छ। नेपालको तर्फबाट कुनै प्रतावहरु आउन नसकेको भनेर वाङले गरेको टिप्पणीले पनि दलालहरुको नियतलाई उजागर गरिसकेको छ। अमेरीकाको ईण्डो-प्यासिफिक रणनीतिमा सामेल भएर चीन विरुद्ध काम गर्ने यीनीहरुको सहमतिलाई ठाडो चुनौति दिएर अघि बढ्ने रणनीति बनाएको खण्डमा चिनियाँ राष्ट्रपतिको हस्तक्षेपकारी भ्रमण हुन सक्ने संभावना छ तर जसरी हामी भ्रमणलाई मित्रताको कडिका रुपमा बुझ्छौं, यस अर्थमा सि को भ्रमण नहुने निश्चित छ।

दाहालको फेसबुक वालबाट साभार

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -