२०८२ माघ ७ गते, बुधबार १३:२०

प्रचण्डको लावालस्करदेखि सान-सौकतः राजा महाराजाभन्दा के कम ?

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एक कार्यक्रममा भने, ‘कम्युनिस्ट नेता राजा–महाराजजस्तै देखिन थाले ।’ कुन कम्युनिस्ट पार्टीका नेतालाई उनले त्यस्तो देखे ? त्यो खुलाएनन् । उनकै जीवनशैली भने राजा–महाराजाभन्दा रत्तिभर कम छैन ।
राजा–महाराजा दरबारबाट निस्किँदा लावालस्कर लाग्थ्यो । आसेपासेले घेरिन्थे । जताततै जयजयकार हुन्थ्यो । सडकमा हिँड्दा फूलको वर्षा हुन्थ्यो । सानसौकतका लागि विदेश सयर गर्दथे । उनीहरू धर्तीका देवता मानिन्थे । त्यही भएर एक समय राजालाई भगवान्को अवतार मानिन्थ्यो ।

राजा–महाराजा बिरामी पर्नेबित्तिक्कै विदेशका ठूला अस्पताल जान्थे । त्यसको खर्च जनताको करबाट तिरिन्थ्यो । उनीहरूले जसलाई चाहे त्यसलाई सत्तामा ल्याउँथे । जतिसुकै अपराध गरे पनि कानुनको दायरामा आउँदैनथे । उनीहरू कानुुनभन्दा माथि थिए । उनीहरूको आदेश नै कानुनसरह हुन्थ्यो ।

उर्दू सायर मिर्जा गालिबको एउटा पंक्ति छ

उम्र भर गालिब यही भूल करता रहा
धूल चेहरे पर थी आईना साफ करता रहा ।

गालिबको यो पंक्ति प्रचण्डले सम्झने कि ? आफ्नो मुहारमा धुलो छ तर उनी ऐना सफा गरिरहेछन् । ऐना जति सफा गरे पनि उनको मुहारमा जनयुद्धकालदेखिकै धुलो जम्मा भइरहेको छ ।

राजा–महाराजालाई झैं प्रचण्डलाई पनि लावालस्कर मिल्छ सडकमा । उनी घरबाट निस्केलगत्तै सार्वजनिक गाडी चढेर गन्तव्य पुग्दैनन् । उनका अगाडि–पछाडि राजाको भन्दा कडा सुरक्षासहितको लावालस्कर चल्ने गर्दछ । के उनलाई सर्वहाराका नेता भन्ने ? प्रचण्डको लावालस्कर सडकमा निस्किँदा जयजयकार हुन्छ । जिन्दावादको जयजयकार सुन्दा उनी आधा मुस्कुराएर टाउको हल्लाउने गर्दछन् । राजा–महाराजाले ‘बुझें–बुझें’ भन्ने शैलीमै उनको भावभंगी झल्किन्छ । उनले त्यो बेला थाहा अभियन्ता रूपचन्द्र विष्टलाई सम्झे हुन्थ्यो । गला पुरिने गरी माला नलगाए के जान्थ्यो ? महाराजाजस्तै भगवान्को अवतार नसम्झे सर्वहाराको नेता हुन्थे कि ?

उनी कसको रकमबाट विदेश सयर गर्छन् ? उपचार गर्न कुन स्रोतले महँगो–महँगो अस्पतालमा पुग्छन् ? अमेरिकादेखि दुबईसम्म उनको यात्रामा राज्यकोषकै दोहन भएको छ । उनले चढ्ने गाडीदेखि बस्ने वासम्म सरकारी खर्चमै चलेको छ । राजा–महाराजाजस्तै उनले पनि राज्यकोष दोहन गरिरहेका छन् ।

राजा–महाराजा परिवार र नातेदारको सानसौकतमा ध्यान दिने गर्दथे । प्रचण्ड पनि त्यसमा पछि परेका छैनन् । उनको परिवारका अधिकांश राज्यका विभिन्न पदमा छन् । छोरी, बुहारी, भाइ, भतिजा, ज्वाइँहरू सबै राज्यकै सम्पत्तिमा सानसौकत जमाइरहेका छन् । छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाउँदा नागरिकको अभिमत च्यातियो । शक्तिकै आडमा छोरीलाई राजकीय पदमा विराजमान गराउन न निर्वाचन आयोगले छेक्यो न त सर्वाेच्च अदालतले लछारपाटो लगायो । इतिहासमै कानुनको खिल्ली उड्यो ।

प्रचण्ड परिवारलाई कानुनले छुन सकेको छैन । युद्धका नाममा १७ हजार निर्दोष नेपाली नागरिक मारिए । त्यसमा एउटा पनि कारबाही प्रचण्डले भोग्नुपरेन ।

राजा–महाराजाजस्तै आसेपासेबाट रमाउने गर्छन् । जसले प्रशंसा गर्यो उसलाई नजिक र आलोचना गर्नेलाई कारबाहीको डन्डा देखाउँछन् । कोसेली उनलाई निकै मन पर्छ । हेलम्बुको मार्फा र डोल्पाको यार्सागुम्बा ‘सीएमलाई गिफ्ट भेटी’ चढाएकोे बाबुराम भट्टराईपत्नी हिसिला यमी अझै सम्झिँदै छिन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM