२०८२ माघ ९ गते, शुक्रबार १०:५२

राजावादी, बढ्दो प्रभाव घट्दो प्रहारशक्ति

– कार्कीको कलम
गणतन्त्र कार्यान्वयनको १३ वर्ष पछि उसले आफ्नो अस्तित्वमा खतरा देख्न थालेको छ । यो कुरा हालसालै भएका घटना, ती घटनामा सरकारको प्रतिक्रिया आदिले प्रष्ट देखाउँछ । गुठीको सम्पत्ती कार्यकर्तालाई बाँड्ने भित्रि मनसायले ल्याइएको विधेयकको विरोध भयो । यो मनसाय हैन भनेर प्रतिरक्षा गर्न आउनेहरुलाई बहसको खुल्ला निमन्त्रण छ तर त्यो विधेयक लिएर आउन । त्यसका दफाहरुमा त्यस्तो मनसाय प्रष्ट झल्केको देखाउने अभिभारा मेरो भयो । यो सबैले बुभ्mने देख्ने आपत्तीजनक कुरा थियो त्यसैले विरोध भयो । नेमकिपा लगायत वामपन्थी आधारका सबै दलहरु यो विधेयकको पक्षमा देखिएका थिए । तै पनि विरोध थाम्न सकेनन अनि विरोधको श्रेय (आरोप हैन) राजावादीलाई दिए ।

गुठी विधेयकको विरोधमा राष्ट्रको परंपरा संस्कृति आदिलाई माया गर्ने सबै नेपाली लागेका छन् । राजावादी नलाग्ने त कुरै भएन, तर उनीहरु राष्ट्रवादी नेपालीको हैसियतले लागेका छन् । राजा आउ देश बचाउ भनेर लागेका छैनन्, परंपरा, संस्कृति देशको परिचय हो त्यो नभए देश रहन्न भनेर आफैं देश बचाउन लागेका हुन । यो विरोधमा लाग्नेहरु आफ्नो राजनैतिक विचारधारा, सम्प्रदाय, जाती, क्षेत्र आदिभन्दा माथि उठेर संस्कृति, परंपरा रक्षाको निमित्त लागेका हुन । तर सरकारले भने गणतन्त्र फाल्न राजावादीले चलाएको आन्दोलन भन्ने बुझ्यो । राम्रो हैन हाम्रो खोज्दा कति लाचार भईसकेछ राष्ट्रको गुप्तचर तन्त्र ?

योगेश भट्टराईले तोकेरै राजावादी पसे भने । भुमीसुधार मन्त्रीको त्यही आशयको वक्तव्य आयो । गृहमन्त्रीले त सातै प्रदेशका प्रहरी प्रमुखलाई राजावादीमाथि निगरानी राख्न निर्देशन नै दिएको खवर आयो । प्रधानमन्त्रीको संसदमा बोल्न नपाएपछि आएको ३७ मिनेटको भाषणमा पनि त्यही डर थियो । उनले प्रमुख प्रतिपक्षीलाई राजावादीलाई सघाएको भने र त्यसो नगर्न अनुरोध गरे । त्यो अनुरोधमा कसरी आफु र प्रतिपक्ष मिलेर गणतन्त्र ल्याउन बलिदान दिएको सम्झाउन खोजे । गुठी आन्दोलन गर्नेलाई राजावादीको उक्साहटमा आन्दोलन गरेको र त्यसो नगर्न अनुरोध गरे । पहिले गर्नुपर्ने छलफल गर्न अव तैयार भएको भने । अर्थात गुठी विधेयक स्थगन हुनुमा राजावादीको प्रभावले भुमिका खेलेको छ । हरेक कुरा उखानटुक्काले हलुका ढंगले प्रस्तुत गर्ने केपीको यो प्रस्तुतीमा त्यो रुप देखिएन । भित्रभित्रै भयक्रान्त भएको अनुभुति हुन्थ्यो ।

गणतन्त्रको यो डर राजावादीको बढदो प्रभावको प्रमाण हो । तर राजावादीको प्रहारशक्ति चाही छिन्नभिन्न छ । कसैलाई प्रसिद्धी चाहिएमा अप्रत्यक्षरुपले राजाको पक्ष लिएको जस्तो गरेर संस्थापनलाई चर्को गाली गरे पुग्छ । राजावादीहरु आफ्नो तन, मन, धन लगाएर त्यसलाई प्रसिद्ध बनाउन उद्धत हुन्छन । जव त्यो पात्रले प्रचार पाइसक्छ उसले आफ्नो सक्कली अनुहार देखाउँछ । यसरी कोही साखुल्ले जस्तो भएर प्रचारित हुन्छ भने कोही गाली गरेर । समाजिक सञ्जालमा महत्व नै नभएको कसैले तथानाम गाली गर्छ । कुनै एक राजावादीसम्म पुर्याउँछ । त्यसपछि त्यसको प्रचार शुरु हुन्छ, फलाना वा फलानीले हामीलाई यसो भन्यो वा भनी । यसलाई गाली गर्नुस भाइरल वनाउनुस भनेर । छिनको छिनमा नै त्यसले उच्च प्रचार पाउँछ ।

यही कुरा लिएर राजावादी भनाउन चहानेहरुको आपसमा झगडा चल्छ । तँ भन्दा म ठूलो भन्ने बिना अर्थको झगडा । कोही दुईचार जना लिएर संगठन बनाउँछन । अनि आफु सक्कली अरु नक्कली भएको कुरा फलाक्न थाल्दछन । चर्का भाषण खाली सडकलाई सुनाउछन, रचनात्मक काम भन्दा जसरी भए पनि समाचारमा आउने ध्याउन्न हुन्छ । जो जनचेतनाको निमित्त चुपचाप काम गर्दै हुन्छ त्यो उनीहरुको निमित्त “कोठे” हुन पुग्छ । त्यही “कोठे”हरु उनीहरुले खाली सडक, कुर्सीलाई सुनाएको भाषणमा समाचार आउने सञ्चार माध्यमहरुमा हमेशा उपस्थित भएको तथ्य हेर्न चहान्नन ।

अलग अलग ससाना समुह खोल्छन अनि अरुलाई एकतामा नआएकोमा गाली गर्दछन । अरु एकतामा नआउने कारण जे भए पनि तपाइ त एकतामा जान सक्नुहुन्थ्यो भनियो भने भर पर्दो नेतृत्व नभएको भन्छन । अर्थात सबैको भनाईमा एकताको विकल्प छैन तर त्यो एकता अरु आफुमा मिलेर हुनु पर्छ । यो सत्य कुरा हो कि राजावादीहरुमा एकता संभव नै छैन । एकता एकता भनेर बालुवाबाट तेल निकाल्ने प्रयत्न निरर्थक हो । तर सहकार्य त संभव छ, साझा सहमतिका कामहरु मिलेर गर्ने, मिल्न नसके समर्थन गर्ने त्यो पनि नसके विरोध नगर्ने । एक समुह वा दलमा एकीकरण हुने वित्तिकै नेतृत्वको हानाथाप हुन्छ । सहयात्रामा सबै अआफ्नो समुहको नेता, हनानथाप हुन्न । कुरा मिलुञ्जेल संगै नमिले पछि अलग अलग । तर यसो नगरेर प्रभाव भने भएको तर प्रहार शक्ति भने नभएको भएर बस्न मै अहं तुष्टि हुन्छ भने कसले पो के गर्न सक्छ र ? विराटनगर १
साभारः क्राइमचेक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM