Tuesday, May 21, 2024
घरविचारधर्म संस्कृतिहिन्दू महिला परिषदको कार्यक्रममा यसरी गर्जिए पटेल

हिन्दू महिला परिषदको कार्यक्रममा यसरी गर्जिए पटेल

वीरगंज, ३ चैत्र/ हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले हिन्दूत्वको रक्षा गर्न हिन्दू नारीहरु संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

हिन्दू महिला परिषदको पर्सा भेलाको सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष पटेलले आफ्नो अस्तित्व रक्षाको लागि नारीहरुले दैत्य र दुष्टहरुको अन्त्य गरेको इतिहास रहेको हुँदा वर्तमान अवस्थामा विभिन्न वहानामा हिन्दू नारीहरुलगायत सनातन धर्ममाथि हुँदै आएको चौतर्फी हस्तक्षेप विरुद्ध प्रतिकारमा उत्रिन हिन्दू नारीहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष संतोष पटेलले हिन्दू राष्ट्र बनाउनको लागि महिला शक्तिलाई अगाडि आउने बेला आएको बताउँदै राष्ट्रको पहिचानका निम्ति महिलाहरुले अगुवाई गर्न अनुरोध गरे ।

सम्पूर्ण नेपालीले एक पटक ईमानदारी पूर्वक सहयोग र साथ दिए नेपाललाई ५ वर्ष भित्र हिन्दू राष्ट्र घोषणा गराएर छाडने  दावी गरे ।

हिन्दू महिला परिषद पर्सा जिल्ला अध्यक्ष रेखा वर्णवालको सभापतित्वमा सम्पन भेलामा हिन्दू परिषद नेपालका केन्द्रिय महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्यहरु सुरेश साह कानू, श्रीराम उपाध्याय, भरत सरार्फ,लालबाबु प्रसाद कुर्मी, अजिता देवी, सजना खतीबड़ा, सल्लहकार ओमप्रकाश गुप्ता, हिन्दूवादी अगुवा आचार्य भोला पाण्डे, हिन्दू युवा परिषदका केन्द्रिय महासचिव प्रमोद सिंह, सचिव संदीप साह कानू, केन्द्रिय सदस्य धीरेन्द्र तिवारी, मनीष वर्णवाल, हिन्दू महिला परिषद का केन्द्रिय सदस्य गौरी गुप्ता, पर्सा जिल्ला प्रबक्ता कनिका कौशिक, महिला अगुवा नेता रेखा कर्ण, सुधा गुप्ता लगायतकाले शुभकामना दिएका थिए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -