Thursday, November 28, 2024
घरक्राइम चेकदलका नेताहरू सबै नालायक

दलका नेताहरू सबै नालायक

– सिर्जना वाग्ले

नेपालको इतिहासमा २०६२÷०६३को जन आन्दोलनले राजतन्त्रको क्रमभंग गरी पार्टी अवस्था कायम ग¥यो । नेपाल अभिभावक रुपी राजतन्त्र बिना चल्दैन भन्ने देखिएको छ । राजनीतिक दलका नेताहरू सबै राष्ट्रघाती, दलाल, नालायक देखिएकाले यस्तो चालाले र यस्तो पाराले देश नचल्ने हुनाले नेपालको राज्य संचालन राष्ट्र निर्माता पृथ्वी नारायण शाहको दिव्योपदेशलाई माग निर्देशक सिद्धान्त अनुरुप शासन व्यवस्थामा ढालेर अगाडी बढ्नुपर्ने आवश्यकता देखिएको छ । राजतन्त्र भनौं वा गणतन्त्र एकदलीय व्यवस्थाले मात्र नेपाल सुरक्षित रहन सक्ने बाध्यता देखा परेको छ । राजा आउ देश बचाउ नारालाई व्यवस्थापन नगरेसम्म देशको राजनीतिक व्यवस्था परिपक्व नहुने देखिन्छ । राजासहितको शासन व्यवस्था, एकदलीय शासन व्यवस्था मात्र नेपालको हावा, पानी, माटो देश काल, परिस्थिति सुहाउ“दो व्यवस्था हुनेछ । राजा र विप्लवको. साझा प्रयासमा अब सुन्दर, शान्त, समृद्ध नेपाल बनाउनमा सम्पूर्ण देशभक्त नेपाली जुटेर असफल र नालायक सावित भएका नेता र अफापसिद्ध भइसकेको संघीय लोकतान्त्रिक व्यवस्थालाई ढालेर इमान्दार देशभक्तहरुको साझा शासन व्यवस्था स्थापनाकालािग जनआन्दोलन एकमात्र विकल्प देखिएको छ । सरकारले पूर्ण रुपमा उपेक्ष गरेको पुस २७ गते राष्ट्रिय एकता दिवस तथा २९७ औं पृथ्वी जयन्तीलाई देशभक्त शक्तिहरूले देशैभर उत्साहका साथ मनाएर नेपालको देशभक्तीपूर्ण क्रान्तिलाई नया“ उचाईमा पु¥याउने प्रण गरेका छन् । राजनीीतका निर्णायक र परिवर्तनका संवाहक भनेका सच्चा देशभक्त नेपाली जनताहरू हुन् । उनीहरूकै इच्छा अनुसार मात्र देश चल्दछ । अब राजनीतिक दलहरुको स्वार्थी फोहोरी राजनीति, दलाली राजनीति, भ्रष्ट राजनीति चल्दैन । एकता दिवस अब क्रान्ति दिवसका रुपमा बदलिने छ । बाबा गोरखनाथ र पृथ्वी नारायण शाहको प्रतापले संघीय लोकतान्त्रिक गणतन्त्र रुपी भ्रष्ट दलाल पूंजीपति संसदीय व्यवस्था समाप्त पार्न नेपाली जनताहरूलाई आवश्यक बल मिलिसकेको छ ।
राजतन्त्र र हिन्दू राष्ट्रलाई जसले बोकेर हिंड्दछ उसले राजनीतिक सफलता हासिल गर्नेछ । राजसंस्था र हिन्दू राष्ट्रको उपेक्षा गर्नेहरूको भलाई हुसने दिन अब समाप्त हु“दैछ । राजनीतिक दलका नेताहरू नालायक भएकोले नै नेपालीले सास्ती खेपीरहनु परिरहेको छ । नपेपालको स्वाधीनता र राष्ट्रियता दिन परि दिन कमजोर र सफल हु“दै गइरहेको हो । देश भन्दा ठूलो वाद र विचार हुन सक्दैन । देशभक्तिको मिलनविन्दूको दिन, क्रान्ति सफल पापर्ने दिन पुस २७ गते नै हुन्छ । पुस २७ गतेबाट देशभर आन्दोलन सुरु भइसकेको छ । पृथ्वी नारायण शाहको दिव्योपदेशको मर्म अनुरुपको व्यवहार राजनीतिक दलका स्वार्थी र भ्रष्ट नेताहरूबाट हुन नसक्दा नेपाल र नेपालीको अस्तित्वमा घात–प्रतिघात भइरहेको छ ।
सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता, सामाजिक सद्भावमा क्षति पु¥याउने कार्य व्यवहारले अनुशासनहिनता, अराजकता र विखण्डन निम्त्याएको छ ।
२० वर्षको उमेरमा राजा भएर ५६ वर्षको उमेरमा राष्ट्रिय एकीकरण अभियानमा लाग्दा लाग्दै माघ १ गते पवित्र दिन पृथ्वी नारायण शाहको देहावसान भएको थियो । सन्त महापुरुष योगी नरहरीनाथको प्रयासमा वि.सं. २००९ सालदेखि नेपालमा एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने चलन शुरु भएको हो । नरभुपाल शाहको एकीकरणको परिकल्पनालाई पृथ्वी नारायण शाहले पूरा गरिदिएका थिए । सच्चा देशभक्त नेपालीहरूले सुगौली सन्धीबाट गुमेको, भारतले अतिक्रमण गरिरहेको सम्पूर्ण नेपाली भूभाग फिर्ता लिन पुस २७ गतेलाई शक्तिशाली दिन मानेर देश देशभर जारी देशभक्ति र जनमुक्ति आन्दोलनलाई सफल पार्न सके मात्र विदेशी दलाल, संशोधनवादी, अवसरवादी कम्युनिष्ट समाप्त हुन्छन् । गुटबन्दी राजनीति समाप्त भई भारतपरस्त चिन्तन पनि समाप्त हुन्छ । नेपाल ४ जात ३६ वर्णको साझा फूलवारी हो, चेतनाभया । विदेशी साहु महाजन, (गोरा) अंग्रेज देशमा पस्यो भने देश कंगाल हुन्छ भन्ने दिव्योपदेशलाई नकारेर विदेशीको सेवा र दलालीलाई स्वीकारेको कारण नक्कली कम्युनिष्ट र राष्ट्रघाती सबै राजनीतिक दलहरूको सर्वनाश निश्चित छ । नेपालको अस्तित्व जोगाउन पृथ्वी नारायण शाहले राष्ट्र निर्माणकालागि राष्ट्रिय एकीकरण अभियान संचालन गरेझैं आगामी नेतृत्वले नेपाल र नेपालीको समृद्धिकालागि भावनात्मक अभियान चलाउन जरुरी छ ।
२०७५ माघ १७ गते विहीबार परकािशत

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -