Thursday, November 28, 2024
घरक्राइम चेकधर्म निरपेक्षताको विरुद्ध हिन्दू परिषद नेपाल

धर्म निरपेक्षताको विरुद्ध हिन्दू परिषद नेपाल

– उमेश साह कानु

हिजोको ग्रेटर नेपाल आज खुम्चिएको नेपाल भएको छ । धर्म निरपेक्षता र संघीयताले नेपाल र नेपालीको अस्तित्व संकट र खतरामा परेको छ । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको एकीकरण र राज्य विस्तार अभियान अन्तर्गत नेपालको सीमा पूर्वमा तिष्टा नदि, पश्चिममा सतलज नदि, दक्षिणमा गंगा नदिसम्म थियो । हिमवत खण्ड नेपाल त्यतिखेर विशाल र शक्तिशाली थियो । नेपाल विश्वकै प्राचीन देश २५ मध्येको एक हो । नेपाल आर्यावर्त र असल हिन्दूस्तान हो । हिन्दूहरुको बाहुल्यता भएकै कारण हिन्दू राष्ट्र कायम गरिएको थियो । २०७२ को संविधानमा पश्चिमा क्रिश्चियन राष्ट्रहरूको निर्देशनमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाई क्रिश्चियन धर्म परिवर्तन गर्ने छुट दिइयो । अहिले नेपालमा झण्डै ५५ लाख वौद्ध धर्मावलम्बीहरू र हिन्दू धर्मावलम्बीहरूले धर्म परिवर्तन गरी क्रिश्चियन भएका छन् । हिन्दू र वौद्ध देवी, देउताको मन्दिरै मन्दिर, गुम्बा भएको देशमा यतिखेर हिमाल, पहाड तराइ सबैतिर क्रिश्चियन चर्चले ढाक्न खोजेको छ । धर्म निरपेक्षता र संघीयताले द्वन्द्वको विजारोपण गरेको छ । नेपालको धर्म, संस्कृति र अक्षुण्ण अखण्डतालाई समाप्त पार्ने षडयन्त्र भइरहेको छ । नेपालका वर्तमान शासक प्रशासक क्रिश्चियन, विदेशी र पूंजीवादका दलाल बन्न पुगेका छन् । नेपालका नक्कली कम्युनिष्टहरुले क्रिश्चियन र दलाल पूंजीपतिलाई संरक्षण गरी नेपाल र नेपालीको परम्परागत सनातन धर्म, संस्कृति, संस्कारलाई नष्ट भ्रष्ट पारेर आफूहरु पनि महापतनको खाल्डोमा जाकिंदै छन् । सुन्दर शान्त, विशाल नेपाल पृथ्वी नारायण शाहको योगदानलाई कुल्चिएर नेपालका वर्तमान सत्तासीनहरुले राष्ट्रविरोधी, जन विरोधी काम गरिरहेका छन् । यसका विरुद्ध देशैभरका देशभक्त हिन्दू धर्मावलम्बी ऊ“कार परिवार जागेको छ । इसाइकरण विरुद्ध देशव्यापी जागरण अभियान संचालन भइरहेको छ । जो व्यक्ति नेपालका परम आदरणीय राजा पृथ्वी नारायण शाह र साक्षात भगवान बाबा गोरखनाथलाई उपेक्षा गर्दछ उसलाई प्रकृतिले पनि उसै प्रकारले दण्डित गर्छिन् । नेपाललाई खण्डित र द्वन्द्वमय बनाउन खोज्ने पापिष्ट राजनीतिज्ञहरुलाई नेपाल आमाले कुनै पनि हालतमा क्षमा दिन सक्दिनन् । इतिहासले पनि माफ गर्न सक्दैन । हिन्दू सनातन वैदिक धर्म की जय, पाप की क्षय का लागि धार्मिक युद्ध गरेर पापी, अपराधीहरूमाथि निर्मम प्रहार गर्नुपर्ने दिन आएको छ । अब धर्मयुद्ध हुनबाट कसैले रोक्न सक्दैन । विश्वभरका हिन्दूहरुले विश्वको एकमात्र हिन्दू राष्ट्रलाई हिन्दू राष्ट्र नै कायम गर्नु पष्र्दछ भनेर गगनभेदी नाराकासाथ धर्मयुद्धलाई सहयोग र समर्थन गरिरहेका छन् । नेपालका पछिल्ला शासक, प्रशासकको विनासकाले विपरित वुद्धिले गर्दा धर्म निरपेक्षता घोषित भएको हो । यो सम्पूर्ण हिन्दूवादी राष्ट्रवादी नेपालीहरुको चाहना र इच्छा विपरित छ । इसाइ मतावलम्बीहरुले धेरै कुरा हिन्दू धर्मस“ग लिएका छन् ।
करिब १५०० शताब्दीमा अयोध्यामा त्यस समय एउटा ठूलो मन्दिर थियो । करोडौं हिन्दूहरुको पूण्य र पूज्यस्थल थियो । मुस्लिम राजा बार्बर र उसको सेनाको विश्वास थियो कि यदि यो मन्दिर नै नष्ट ग¥यो भने अरबौं हिन्दूहरुको भगवनाप्रति जुन प्रेम र विश्वास छ त्यो नष्ट हुन्छ । हिन्दू धर्मको नाम निशान नै हराउ“छ र हिन्दूहरु तुरुन्त मुसलमान हुन्छन् । तर यिनीहरुको यो अपरिपक्व कुराले केही काम गरेन किनकी मन्दिरहरुको मुर्ती यो भन्दा पहिला नै राक्षसहरु आएर नष्ट गर्ने गर्थे तर पछि ती राक्षसहरू नै नष्ट भएर गए । त्यही अयोध्यामा बार्बरका सेनाहरु मन्दिर भत्काउन सफल भए, उनीहरुको क्रूर इच्छा थियो कि मन्दिरको ठाउ“मा मस्जिद बनाउने तर त्यो मस्जिद भएको ठाउ“मा मस्जिद बन्न सकेको छैन । नेपालमा धर्म प्रचारका लागि प्रवेश गरेका क्रिश्चियन पादरीहरुलाई राष्ट्र निर्माता पृथ्वी नारायण शाहले त्यतिखेर नै धपाएर पठाएका थिए ।
नेपालको संविधान २०७२ जारी हुनु अघि नेपालमा क्रिश्चियनको संख्या नगन्य थियो तर अहिले दिन गुनी रात चौगुनीले बढेको छ । नव क्रिश्चियनहरु पश्चिमा राष्ट्रको स्वार्थ र अभिष्ट पूरा गर्ने सिपाही हु । इसाइ धर्मले ‘गड’को ठाउ“मा इश्वर, परमपिता, परमेश्वर, प्रभु भन्ने गर्दछन् । इसाइ मानिसहरुको खासमा धर्म गुरु भेटिकन सिटीको मालिक ‘पोप’ नै हो । भेटिकन सिटीमा उनको मिनिस्ट्रि (सरकार) छ । इसाइ मतमा उनीहरुको धर्म गुरुलाई ‘फादर’ भनिन्छ । उसको आज्ञा अनुसार चर्चको काम संचालित हुन्छ । हिन्दू धर्मममा सबै मन्दिरहरुमा भगवानको चरणामृत दिइन्छ । चर्चहरुमा पनि जो चर्चको मेम्बर हुन्छ, उसलाई पनि होली वाटर भनेर ‘होली वाइन’ भनेर जल पिउन दिइन्छ । मंसिर महिनामा नेपालको राजधानी काठमाण्डौ, मन्दिरको राजधानी काठमाण्डौ, ‘एसिया प्यासिफक समिट–२०१८’ आयोजना गराई नेपालका वामपंथी सरकारका अनुयायीहरुले म्यडम मुनको हातले दिएको ‘होली वाइन’ पिएर आफूहरु क्रिश्चियन भएको प्रमाणित गरेका थिए । इसाइकरणकोलागि नेपाल भूमि खाली र खुल्ला छ भनेर सन्देश दिएका थिए । इसाइ धर्म र कम्युनिष्ट धर्ममा कुनै जातपात छैन, सबै बराबर छन् भनिन्छ तर व्यवहारमा यस्तो छैन । इसाइ धर्मका अनुयायी नेपालका कम्युनिष्टहरु हिन्दू धर्मका विरुद्ध जसरी सक्रिय भएका छन् त्यसरी नै नेपालका सारा धर्मावलम्बीहरु हिन्दू धर्म, संस्कृति, दर्शन रक्षार्थ ‘मर वा मार’को सपथ खाएर धर्म युद्धको मैदानमा उत्रिएका छन् ।
यस संसारमा यदि धर्म छ भने वैदिक सनातन हिन्दू धर्म नै छ । जसमा अर्को धर्मलाई सहने क्षमता छ किनकी यो धर्म मानव कल्याणमा विश्वास गर्छ । जे पनि कार्य गर्छ इश्वर स“गयही प्रार्थना छ कि विश्वमा शान्ति होस्, नेपालका हिन्दू धर्मावलम्बीहरु कठोर नर्भकै कारण विरोधी धर्महरुले चलखेल गर्न पाएका हुन् । अब बाध्यतावस हिन्दू धर्म विरोधी विरुद्ध नेपालका हिन्दरुहरु क्रूर र कठोर हुने दिन आएको छ । सबै हिन्दू नर नारी स्पष्ट हुनु पर्दछ की ‘धर्म परिवर्तन राष्ट्र विखण्डनको शूत्र हो ।’ अबका नेपाली युवाहरुले नेपाल र नेपालीको आवश्यकताअनुसार राष्ट्रका संस्कृति र सभ्यतातर्फ आकर्षित गर्न सक्छन् । समस्या मूलतः वस्तुजन्य हु“दैन । अभावजन्य हु“दैन, परिस्थितिजन्य हुन्छ । यही विचार, भावना र मनको परिवर्तन हुन सके व्यक्ति कल्याण र राष्ट्र कल्याण हुन्छ । विदेशी दासताबाट मुक्त र स्वतन्त्र हुन सकिन्छ । सर्वधर्म सम्मान, सर्वपन्थ सम्मान हुन्छ भनिन्छ । अब धर्ममा धर्म रहेन, धर्मका नाममा ज्यादति र भ्रष्टाचार बढेको छ । जसले गर्दा मानिसको नैतिकता, चरित्र अति खस्कदै गएको छ । वेदको बाइबलस“ग तुलना नै हुन सक्देन । योगी नरहरीनाथले जेठो वेद हिमाल हो, सकलको कैलास साक्षी छ यो भन्नु भएको थियो । हाम्रा वैदिक शास्त्रमा भुगोल, व्रम्हाण्ड पृथ्वीको बारेमा वैज्ञानिकब सत्य तथ्य दिएको छ । पृथ्वीको कल्पना गर्ने पश्चिमेली विद्वानहरूले पृथ्वी चेप्टो छ भनेका थिए । हाम्रो पूर्वीय मान्यताअनुसार वेदलाई नै सबै धर्म र ज्ञानको विज्ञान मूल मानिएको छ । परमपिता परमेश्वर परमात्माको वाक्य वेदलाई मूल प्रमाण मानिएको छ, विश्वव्यापी अध्ययन अनुसन्धान भइरहेको छ ।
यस्तो महान र गौरवशाली विश्वकै कल्याण गर्ने हिन्दू धर्म राष्ट्र नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएर धर्म परिवर्तनको छुट दिने शासन सत्ता, राजनीीतक व्यवस्थाका विरुद्ध धर्मावलम्बीहरु एकजुट हु“दै गइरहेको बेला धर्म जागरलाई थप टेवा दिन वीरगंजमा प्रधान कार्यालय र काठमाण्डौमा केन्द्रिय कार्यालय रहने गरी हिन्दू परिषद नेपाल स्थापना गरिएको छ । यसको प्रदेश कार्यालय विराटनगर, जनकपुरधाम, मकवानपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा पनि रहेको छ ।
हिन्दू परिषद नेपालको मूल नारा “शासन व्यवस्था जे होस्, नेपाल हिन्दू राष्ट्र हुनै पर्छ” ‘संगठित हिन्दू समृद्ध नेपाल अभियान रहेको छ । जय श्री रामको उद्घोषका साथ गठन भएको हिन्दू परिषद नेपालले जातीय छुवाछुत एवं विभेद मुक्त समाज निर्माण्ँ ऋीभ्इँन् प्ीन् ऋीघ सँरेक्ँे छ । ५ वर्षमा २५ लाख नेपाली जोड्ने महाअभियान २०७५ अन्तर्गत देशका ७७ वटै जिल्लामा संगठन विस्तार गरिंदै छ । नेपाललाई पुनः हिन्दू राष्ट्र बनाऔं, सम्पूर्ण नेपालको पहिचान जोगाऔं अपिल पर्चा देशभर वितरण गरिएको छ । हिन्दू परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले आप्mनो साविक भेष बदलेर गेरु वस्त्र धारण गरी हिन्दू राष्ट्र नेपाल कायम गराएर छाड्ने प्रण गर्दै बडो उत्साहका साथ संगठन विस्तार एवं धर्म जागरण अभियानमा अहोरात्र खटिएका छन् ।
सो परिषदको तर्फबाट गरिएको अपिलमा हाम्रो धर्म संस्कृतिमाथि प्रहार गर्ने वा भावनास“ग खेलवाड गर्ने व्यक्ति होस् वा संस्था विरुद्ध कडा प्रतिकार गर्ने छौं भनिएको छ । बढ्दो इसाइकरण विरुद्ध खरो रुपमा उत्रने, धर्म निरपेक्षता विरुद्धमा जीवन–मरणको संघर्ष गर्ने प्रण बोकेका हिन्दू परिषद नेपालको अभियानलाई सकारात्मक एवं रचनात्मक सहयोग पु¥याउनु प्रत्येक हिन्दूवादी नेपाली, राष्ट्रवादी नेपालीको कर्तव्य हो । धर्मलाई जागायौं भने मात्र धर्मले हामीलाई जोगाउ“छ । आ–आप्mनो कूल धर्म सनातन धर्मलाई छाड्यौं भने हाम्रो सन्तानको विनास अवश्यमंभावी छ । धर्म परिवर्तन पाप र अपराध दुबै हो । धार्मिक सहिष्णुताका लागि सनातन हिन्दू राष्ट्र नेपाललाई कायम गरी, शान्त र सम्मुन्नत राष्ट्र निर्माणमा सबै नेपालीको सहयोगी भूमिका हुनु पर्दछ । समान उद्देश्य राखेका देशैभर र विश्वमा समेत छरिएर रहेका संघसंस्थास“ग समन्वय एवं सहकार्य गर्न जरुरी छ । धर्मान्तरण अभियानलाई रोक्न सक्ने बलियो कडि भनेको हिन्दू धर्म जागरण अभियान नै हो । गौ हत्या जघन्य अपराध हो । यसलाई कडा रुपमा प्रतिबन्ध लगाई गौमाताको रक्षाकालागि घर–घरमा गौ पालन र गौशाला निर्माण अभियान संचालन गर्नु पर्दछ । नेपाल राष्ट्रको नेपाली समाजमा देशभक्ति एवं सामाजिक सुरक्षाको भावना अभिवृद्धिका लागि जन जागरण अभियान संचालन गर्ने हिन्दू परिषद नेपालको उद्देश्य र लक्ष्य सह्रानीय छ भन्ने व्यक्तित्वहरू धेरै छन् ।
यो संस्थाले आप्mनो लक्ष्य र उद्देश्य हासिल गर्न सकोस भन्ने कामना गर्ने शुभेच्छुक र सनातन हिन्दू धर्म संस्कृतिप्रति आस्थावनाहरु बढ्दो छन् । हिन्दू परिषद नेपाल अन्तर्गत हिन्दू युवा संघ एवं विद्यार्थी परिषद, हिन्दू साधु सन्त परिषद, हिन्दू महिला परिषद, हिन्दू पूर्व प्रहरी, सैनिक परिषद, हिन्दू वुद्धिजीवी परिषद, हिन्दू उद्योग वाणिज्य परिषद पनि छन् । यस परिषद आप्mनो मूल्य उद्देश्य र लक्ष्यबाट कति पनि विचलित नभइ राष्ट्रिय स्वार्थलाई सर्वोपरी स्वार्थ मानेर राजनीीतबाट अति टाढा रहेर धर्ममा मात्र केन्द्रित रहेर अगाडी बढेमा ठूलो योगदान पुग्ने छ । धर्म नै सबै राजनीतिको प्रधान नीति हो । धर्मको क्षय भएको राजनीीतले अशान्ति, कलह, द्वन्द्व, युद्ध शिवाय केही दिन सक्दैन । भौतिकवाद र अध्यात्मवादबीच समाञ्जस्यता ल्याएर नेपाली राष्ट्रवाद, देशभक्तिलाई शीरमा राख्ने हो भने हाम्रो नेपाल विश्वकै उदाहरणीय र आकर्षित देश बन्ने छ ।
जय श्रीराम ।
(लेखक हिन्दू युवा परिषदका केन्द्रिय प्रवक्ता हुन् ।)
२०७५ माघ १७ गते क्राइमचेकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -