२०८३ जेष्ठ ११ गते, सोमबार ०१:११

हिन्दू परिषद नेपालको सक्रियता बढ्दो ! शनिवार के गर्यो ?

वीरगंज, २ असार ।
स्थापनाकालदेखि नै सक्रिय रुपमा संगठन विस्तारका साथै धर्म संस्कृतिको प्रवर्द्धन र संरक्षण अभियानमा लागेको हिन्दू परिषद नेपालले विन्दवासिनी माई मन्दिरमा सरसफाइ गर्नुको साथै केही व्यक्तित्वलाई सम्मान गरेको छ ।

परिषदको बहुदरमाई नगर कमिटीले शनिवार वीरगन्ज महानगरपालिका वडा नं. १९ मा रहेको ऐतिहासिक एवम प्रसिद्ध बिन्दावसिनीमाई मन्दिर बृहद सरसफाई गरेको हो । सरसफाई कार्यक्रममा धार्मिक एवम सामाजिक कार्यमा योगदान पूर्याएका वड़ा अध्यक्ष संतोष तिवारी, मंदिरका पूजारी पुरुषोत्तम उपाध्याय, दिनेश साह, सामाजिक अगुवा उपेन्द्र राय, नंदकिशोर राम, वाशुदेव राउत, महथ हजरा, फूलेश्री हजरालाई सम्मान समेत गरेको छ ।

परिषदका नागर अध्यक्ष मुन्ना साहको सभापतित्‍वमा सम्पन्न सरसफाई कार्यक्रममा हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, महासचिव अनिरुद्ध सिंह, प्रवक्ता श्रीराम उपाध्याय, सह-कोषाध्यक्ष संजय सर्राफ, प्रदेश नं. २ का अध्यक्ष पंडित सचिता नन्द दुबे, वरिष्ठ उपाध्यक्ष भरथ सर्राफ, सचिव संदीप साह, कोषाध्यक्ष अंशु कुमार, नारायणी अञ्चल अध्यक्ष हरेन्द्र बाबा, सह-सचिव सुधीर मिश्रा, सह-कोषाध्यक्ष दीपक पटेल, पर्सा जिला वरिष्ठ सलाहाकार ओम गुप्ता, बुद्धिजीवी परिषद् पर्सा अध्यक्ष मदन पटेल लगायतको सहभागीता रहेको थियो l

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM