२०८३ जेष्ठ ११ गते, सोमबार ०२:०१

पूरी पीठ परिषदको बैठकले जिम्मेवारी बाँड्यो, कसलाई कुन जिम्मेवारी ?

वीरगंज, २० जेष्ठ/जगतगुरु शंकराचार्य पूज्यपाद स्वामी निश्चिलानन्द सरस्वती महाराजको पूरी पीठ परिषदद्वारा संचालित रामराज परिषद नेपाल, आनंदवाहिनी नेपाल एवम आदित्य वाहिनीमा आवद्ध व्यक्तित्वहरूलाई आज एक समारोहबीच जिम्मेवारी बाँडफाँड गरियो ।

परिषद पुरीको आइतवार वीरगंजस्थित गोपाल मण्डलीमा आदित्य बाहिनीका नेपाल संयोजक ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवेको अध्यक्षतामा बसेको बैठकले देवनाथ उपाध्यायलाई रामराज परिषद नेपालको बरिष्ठ सल्लाहकार, भुपेन्द्र पौडेल, शिवशंकर आर्यलाई केन्द्रिय सल्लाहकामा चयन गरेको छ, त्यसैगरी केन्द्रिय सदस्यमा देवप्रकाश पटेल र सुरेन्द्र पटेललाई चयन गरेको छ भने शिक्षा विभागमा अजय केसरीलाई चयन गरेको छ ।
यसैगरी भरत नेपाललाई आदित्य बाहनी नेपालको केन्द्रिय वरिष्ठ सल्लाहकारमा र दिपक सर्राफलाई केन्द्रिय सदस्यमा चयन गरेको छ । यसैगरी प्रदेश नं. २ को संयोजक राजन रौनियारलाई र महासचिवमा बिष्णु पटेल र मुना सर्राफलाई प्रदेश सदस्यमा चयन गरेको छ । प्रदेश नं. २ को आनन्द बाहनीको कोषाध्यक्षमा उषा श्रीवास्तव र प्रदेश सदस्यमा पल्लवी साहलाई चयन गरेको छ ।

त्यसैगरी जिल्ला सदस्यमा उषा पटेल, रीता उपाध्याय र संचार सहयोगीमा अनिल वर्मा र अनिल साहलाई चयन गरिएको रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेन्द्र कुमार पटेलले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि रामराज परिषद नेपालका संयोजक धर्मेन्द्र पटेल, विशिष्ट अतिथि पीठ परिषदका पर्यवेक्षक डा. अनिल कुमार झा, अधिवक्ता बिनोद प्रसाद कुर्मी, प्रवक्ता राजनारायण मिश्र, आनन्द बाहिनी प्रदेश नं. २ संयोजक रम्भा मिश्रा, रामराज परिषदका जिल्ला अध्यक्ष पल्टन पटेल, आदित्य बाहनीका अध्यक्ष अनिल पटेल लगायतको उपस्थिति रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै रामराज परिषद नेपालका केन्द्रिय संयोजक धर्मेन्द्र पटेलले सम्पूर्ण मठ मन्दिरमा नियमित पुजापाठ गर्ने र मठ मन्दिरमा गुरुकुल संचाल्ने गर्ने र सम्पुर्ण हिन्दुको घरमाथि भागवा अर्थात पहेलो रंगको झण्डा लगाउने, हिन्दु धर्मको संरक्षण र संवद्र्धन सम्बन्धी प्रशिक्षण लिई हिन्दु जनसमुदायमा प्रशिक्षण दिने बताउनुभयो ।

पीठ परिषदका सम्बन्धमा सर्वेक्षक डाक्टर अनिल झाले प्रकाश पार्नु भएको थियो भनें संगठन एवम वैदिक सनातन धर्मसंस्कृति संवद्र्धन एवम प्रवद्र्धनको विषयमा अदित्यवाहिनी नेपालका केन्द्रीय संयोजक पण्डित पुरुषोत्तम दुबेले प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM